देश निर्वाचनतिर केन्द्रिय भयो, अहिलेकै सरकारले निर्वाचन गराउँछः संयोजक दाहाल

सङ्खुवासभा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देश निर्वाचन तर्फ केन्द्रित भएको बताए । प्रेस सेन्टरले हिजो शनिबार सदरमसकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक दाहालले देश निर्वाचन तर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए ।

निर्वाचनका लागि दलहरुले बन्द सूची समेत निर्वाचन आयोगमा बुझाइसकेको अवस्था भएका कारण देश अव चुनाव तर्फ होमिएको बताए । जेनजी युवा पुस्ता समेत निर्वाचनको पक्षमा रहेको कारण निर्वाचनका लागि कुनै शंका गरिरहनु पर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे ।

आज काठमाडौं फर्किनु अघि पत्रकार सँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए । संविधान सभाबाट संविधान बनाउँदै गर्दानै हामीले बाचा गरेका थियौं १० वर्षपछि संविधानको समिक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकको आधारमा संविधान संसोधन र परिमार्जन गर्ने छौं भनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले बताए ।

अहिलेको परिस्थितिले हामीलाई फेरी एकपटक निर्वाचन सम्पन्न गरि नयाँ जनादेश सहितको प्रतिनिधि सभाबाट संविधान संसोधन गरि परिर्माजन गर्नुपर्ने अवस्था सिर्जना गरेको बताए । जेनजी आन्दोलनको मर्मभावना अनुसार अहिलेका राजनैतिक दलहरुले नयाँ जनादेशमा जानु पर्ने आवश्यकता भएको उनको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनु पर्ने धारणा ब्यक्त गरे ।

नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रत्रिया समेत अघि बढाइने बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल शुक्रबार खाँदबारी आएका हुन् ।संयोजक दाहालले जिल्ला रहदाँ सहिद तथा घाइते परिवार,जिल्ला स्थित राजनैतिक दल, सुरक्षा निकाय,उद्योगी,पत्रकार तथा विभिन्न निकाय सँग अन्तरक्रिया तथा भेटघाट गरेका छन् ।

दाहाल हिजो शनिबार बुद्ध एयरको जहाजबाट काठमाडौं फर्किएका छन् । भने सहसंयोजक नेपाल धनकुटाको नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा कार्यक्रममा सहभागि हुन त्यस तर्फ लागेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

बलात्कार आरोपमा सेकुवा सेन्टर सञ्चालक पक्राउ