कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा

काठमाडौं । एक गिरोहले चितवनको खैरहनीमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ । यो कार्यमा संलग्न भएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक चिनियाँ नागरिकसहित ११ जनालाई पुस २ देखि १८ गतेको मितिमा पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि संगठित अपराध निवारण ए े न, २०७० र मुलुकी अपराध संहिता २०७४ अन्तर्गत थप अनुसन्धान भइरहेको केन्द्रीय साइबर ब्युरोले जनाएको छ ।

एक चिनियाँ नागरिकसहित ११ जना पक्राउ

केन्द्रीय साइबर ब्युरोका अनुसार, चितवनको खैरहनी नगरपालिका–६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि नामक कम्पनी खोली त्यसैको आवरणमा नेटवर्क विस्तार गरी यस्तो गैरकानुनी धन्दा सञ्चालन गरिएको हो । पक्राउ पर्ने चिनियाँ नागरिकमा ३७ वर्षीय हि जिन्जाङ रहेका छन् । उनलाई काठमाडौ ंको ठहिँटीस्थित होटल दि युनिभर्सलबाट २ पुसमा पक्राउ गरिएको हो । उनको पक्राउलगत्तै साइबर ब्युरो थप सक्रिय बनेको थियो । त्यस क्रममा साइबर ब्युरोले २ पुसमा तनहु ँ बन्दिपुरका १९ वर्षीय सौगात थापा र रामेछाप–७ का २१ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरू दुबैलाई होटल दि युनिभर्सलबाटै पक्राउ गरिएको हो । त्यसको भोलिपल्ट नुवाकोटको किस्पाङ–४ का ३३ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको थियो । त्यसपछिका दिनमा चितवन खैरहनी नगरपालिका–६ का २३ वर्षीका सोनम खातुन, काठमाडौ ं टोखाकी २३ वर्षीया प्रिया केसी, गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की २२ वर्षीया मोनिका गुरुङ, धादिङको गंगाजमुना गाउँपालिका–३ की २१ वर्षीया गीता गुरुङ, पर्सा वीरगञ्जका ३७ वर्षीय नासिर मियाँ अन्सारी, पर्साकै ६६ वर्षीया सायरा खातुन र बाराको कलैया ६७ वर्षीय राम निवासप्रसाद कलवार पक्राउ परेका थिए ।

साइबर ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, यो समूहविरुद्ध अहिलेसम्म २ सय ५५ वटा सामूहिक उजुरी आएको छ । यो समूहबाट ठगिनेमा एकै परिवारका धेरै सदस्यसमेत छन् । उनका अनुसार, अहिलेसम्मको उजुरीअनुसार १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रुपैयाँ ठगी भएको खुलेको छ । यो संख्या थप बढ्न सक्ने छ । प्रहरीका अनुसार, यो समूहले अन्तर्राष्ट्रिय आवरण देखाएर अनलाइन स्क्यामिङ गरेको पाइएको छ ।

विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रोस, डेन्सीसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुटो दाबी गरी एसएमसी नामको मोबाइल एपमा आबद्ध गराएको खुलेको सूचना अधिकारी अवस्थीले बताए । पिरामिड शैलीमा संगठन विस्तार गरी संगठित रूपमा ठगी गर्ने गरेको यो समूहमा ७० हजार सदस्य रहेका छन् ।

सदस्यहरूलाई तीन तहमा विभाजन गरिएको छ । ए वर्गीकरणमा परेकालाई १२ प्र तिशत कमिसन र दैनिक कामको ५ प्रतिशत, बी लेभलकालाई निक्षेपमा ४ प्रतिशत र दैनिक कामको २ प्रतिशत कमिसन र सी लेभलकालाई निक्षेपमा १ प्रतिशत र दैनिक कामको १ प्रतिशत नै आम्दानी हुने प्रलोभन देखाएर ठगी गरेको पाइएको छ । उनीहरूले कुनै काम नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने पोन्जी मोडल अपनाएको पनि पाइएको छ ।

यसका साथै ब्ल्याक रक जस्ता काल्पनिक कोषमा रकम राख्ने र दैनिक १.२ प्रतिशतसम्म प्रतिफल दिने भन्दै ठगी गरेको साइबर ब्युरोले बताएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाई र भौतिक रूपमा कार्यालयसमेत स्थापना गरी सर्वसाधारणमा यो पूर्णतः कानुनी काम हो भन्ने भ्रम छरेर गरी ठगी गर्ने गरेको पनि साइबर ब्युरोले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे