पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादको एक विवाह समारोहमा ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु भएको छ । इस्लामावादको सेक्टर जी७र२ स्थित एक घरमा विवाह समारोह चलिरहँदा सिलिन्डर विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । घटनामा परी ११ जना घाइते भएका छन् ।

उद्धार अधिकारीहरूका अनुसार शक्तिशाली विस्फोटका कारण पूरै घर नै भत्किएको छ । उद्धार टोलीले १९ जनालाई भग्नावशेषबाट निकालेको छ । तीमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ । अस्पतालकी प्रवक्ता डा। अनिजा जलालले धेरै घाइतेलाई आईसीयूमा राखिएको बताएकी छन् ।

प्रारम्भिक अनुसन्धानले ग्यास चुहिएर सिलिन्डर विस्फोट भएको देखाएको छ । विस्फोटले नजिकैका अन्य चार घरमा पनि क्षति पुर्‍याएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोटको आवाज टाढा–टाढासम्म सुनिएको थियो । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

बहुमतका महासचिव बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश