तुलसीपुर । गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरी राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षति हुँदा करिब एक करोड बराबरको क्षति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राइटर कृष्ण खड्काले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका–४ ग्वारखोलामा ग्राबेल उठाउन तुलसीपुर उपमहानगरपालिकासंग दुर्गा कन्ट्रक्सनले १९ लाख ५० हजारमा ठेक्का लिएको पीडित खड्काले जानकारी दिए । उनका अनुसार ग्राबेल उठाउने म्याद भोलिसम्म थियो । ग्राबेल उठाउन स्थानीयले सुरुमा केही अबरोध जस्तो गर्न खोजेपनि कागजी प्रकृया पुरा भएको देखेपछि शान्त भएका थिए । लकडाउनका कारण समयमै काम गर्न नपाएका खड्काले जेसीबी भाडामा लिएर काम सुरु गरेको करिब हप्ता दिन मात्रै भएको थियो ।
यता प्रहरीले अज्ञात समूहको खोजी कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । घटना राति १२ बजे भएको थियो ।






