सभापति देउवालाई ल्याउने प्रयास भए पनि सम्भव भएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगनले सभापति र कार्यवाहक सभापतिबाटै उद्घाटन गराउन खोजेको भए पनि नभएको बताए । उनले आफूहरूले शक्ति र पार्टीभित्रको सत्ताको सङ्घर्ष नगरेको बताए ।

उनले भने, ‘यो विचार, मूल्य र मान्यताको सङ्घर्ष हो । हामी यो विशेष महाधिवेशनलाई नाम मात्रै विशेष होइन विशेष बनाएर छाड्दछौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति