उदयपुर । तिलगंगा आँखा अस्पताल काठमाण्डौको सेवा उदयपुृरको बेल्टारमा शुभारम्भ भएको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौको प्राबिधिक सहयोगमा चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट फेला परेको मोतियाबिन्दुको अप्रेसन नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वको चिकित्सकको टोलीले सोमवार देखि उदयपुरको चौदण्डीगढी नगरापलिका– ६ सातधारेमा रहेको कोभिड अस्पतालमा भई रहेको नगर प्रमुख कालुमान लामाले जानकारी दिए ।
नगर प्रमुख लामाका अनुसार नगरपालिकाले गत १८ पुसदेखि २७ पुस सम्म गाँउगाँउमा सञ्चालन गरिएको निःशुल्क शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीहरुलाई डा. रुईतको नेतृत्वमा नगरपालिकाले निःशुल्क रुपमा अप्रेशनको ब्यवस्था मिलाईएको बताए । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म त्रियुगा नगरपालिकाको वडा नम्बर २ र १२ र बेलका नगरपालिकाका केही वडामा पहिचान भएको मोतियाबिन्दुलाई लक्षित गरि अप्रेशनको शिविर सञ्चालन गरिएको नगर प्रमुख लामाको भनाई रहेको छ । १० दिन सम्म सञ्चालित शिविरमा भेटिएका मोतियाबिन्दु्का बिरामीहरुलाई बेल्टारको कोभिड अस्पतालमा २८, २९ र ३० गते सम्म अप्रेशन गर्ने ब्यवस्था मिलाएको नगर प्रमुख लामाले जानकारी दिए ।
गाउँगाउँमा सञ्चालित निःशुल्क आँखा शिविरमा ४ हजार जनाले सेवा लिएकोमा ५ सय ३७ जनामा मोतियाबिन्दु भेटिएको नगर प्रमुख लामाको भनाई रहेको छ । नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको जनाएको छ । नगरपालिकाले पालिकामा अन्धोेपन नियन्त्रण गर्न तथा आँखा सम्बन्धि गुणस्तरीय सेवा प्रदान गर्न तिलगंगा आँखा अस्पताल काठमाण्डौसँग सहकार्य गरि जनतालाई गुणस्तरीय आँखाको सेवा उपलब्ध गराउन लागेको नगर प्रमुख लामाको टिप्पणी रहेको छ ।
तिलगंगा आँखा अस्पताल नेपालकै सर्वोत्कृष्ट अस्पतालमा पर्ने भएकाले सहकार्य गरेको नगर प्रमुख लामाले स्पष्ट पारे । नेत्र विशेषज्ञ डा. सन्दुक रुइत अन्तराष्ट्रिय रुपमा नै प्रख्यात चिकित्सक भएकाले हामीले उहाँ कै नेतृत्वमा अप्रेशन शिविर चलाएका होऔं नगर प्रमुख लामा । अन्तराष्ट्रिय रुपमा नै ख्याति कमाएको तिलगंगा आँखा अस्पतालद्वारा सन् १९९४ देखिनै आँखा प्रत्यारोपण गर्न सुरु गरिएको हो । तिलगंगाले वर्षमा एक सय २० देखि एक सय ५० जनाको मात्रै नानी पत्यारोपण गर्नु पर्नेमा अहिलेसम्म ६ हजार भन्दा बढीको गुमेको दृष्टि फर्काउन सफल भएको छ । प्रत्यारोपणका लागि झन्डै २५ हजार खर्च हुने भए पनि केन्द्रले निःशुल्क सेवा दिने गरेको छ ।
सो निःशुल्क घुम्ती शिविरमा चौदण्डीगढी, त्रियुगा र बेलका नगरका विभिन्न वडामा सञ्चालन हुँदा पहिचान भएका मोतियाविन्दुका रोगीलाई पुस २८ देखि ३० गतेसम्म बेल्टारको कोभिड अस्पतालमा शिविर राखेर शल्यक्रिया गर्दै आएको नगर प्रमुख लामाले जानकारी दिए ।
त्यसैगरी अघिल्लो वर्ष चौदण्डीगढी नगरपालिकामा सञ्चालित आँखा शिबिरमा भेटिएका २ सय २५ जना मोतिबिन्दुको निःशुल्क अप्रेशन गरिएको थियो । चौदण्डीगढी नगरपालिका तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा संचालित एक हप्ते निशुल्क आँखा शिविर अन्तर्गत भेटिएको मोतिबिन्दु भएका बिरामीको सफल अप्रेसन गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाले संचालन गरेको शिविरमा भेटिएको मोतिबिन्दुका बिरामीको सफल उपचार गरेसंगै स्थानियबासीमा खुशी छाएको छ । जनप्रतिनिधीले जनताले प्रत्येक्ष लाभ हुने कार्य गरेको भन्दै उनीहरु हर्षित भएका हुन । मोतियाबिन्दुका बिरामीहरुले आफु सधैका लागि अन्धो भएको भन्ने सोचेका थिए । तर नगरपालिकाले निःशुल्क आँखा शिबिर सञ्चालनपछि उनले पुन देख्न सक्ने भएका छन । सामान्य उपचार समेत गर्न सक्ने हैसियत नपुग्ने भनेर उपचार नगराई बसेका उनलाई शिबिर बरदान साबित भयो । बिरामीहरु भन्छन खुसी शब्दमा ब्यक्त गर्न नसक्ने बताउँछन । बाहिर गएर आँखाको अप्रेसन गर्न आफु जस्ता बृद्धबृद्धाहरुलाई असम्भव जस्तै रहेको र खर्च पनि धेरै हुने गरेकाले नगरपालिकाले घर आँगनमा नै अप्रेशनको ब्यवस्था मिलाएको हुँदा समस्याबाट मुक्ती मिलेको भन्दै चौदण्डीगढी नगरपालिकालाई धन्यवाद समेत ब्यक्त गरे । नगरले निःशुल्क शिविरको आयोजना गरेपछि सबै झण्झटबाट स्थानीयले मुक्ती पाएका छन । सोमवार पहिलो दिन १५० जनाको अप्रेशन गर्ने लक्ष्य लिएको छ ।






