विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिन्छ : गगन थापा

काठमाडौं । कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन् । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ’, महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने– ‘सानेपामा बसेर गरेको निर्णय’bout मेरो कुनै प्रतिक्रिया छैन, ’cause त्यो अस्ति नै भङ्ग भैसकेको छ ।’

उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे । उनले आफूहरूलाई अलमल्याएर सानेपाले निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने भन्दै त्यो कारबाहीको वैधता नरहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !