सुर्खेत । नेपाली कांग्रेसको आसन्न १५औँं महाधिवेशनमा कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत २ बाट शून्य प्रतिनिधित्व हुने निश्चित भएको छ ।
असोज ११ गते देखि पश्चिम सुर्खेतको वावियाचौरमा महाधिवेशन प्रतिनिधि बन्न रस्साकस्सी गरिरहेका नेताहरुबीच भागबन्डा नमिल्दा अब सुर्खेत-२ ले आगामी पाँच वर्षसम्म कांग्रेसको केन्द्रीय सदस्यसमेत नपाउने देखिएको हो । यद्यपि सभापति गगन’ थापाले चाहेमा भने कोही नेता केन्द्रीय सदस्यमा मनोनीत भने हुन सक्नेछन् ।
महाधिवेशन केन्द्रीय प्रतिनिधि तोकिएका सुवास पोखरेलले यो निर्वाचन क्षेत्रमा देखिएको कांग्रेस विवाद सल्टाउन नसक्दा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३३ जना महाधिवेशन प्रतिनिधि ‘घर न घाट’ का भएका छन् ।
सुरुमा वीरेन्द्रनगर वडा नम्बर तीनबाट सुरु भएको प्रतिनिधि छनौट विवाद वीरेन्द्रनगर नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र हुँदै निर्वाचन क्षेत्रसम्म पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर तीन र नगर कार्यसमितिको अधिवेशन नै गर्न नसकेको सुर्खेत कांग्रेसले अब भने महाधिवेशनमा सहभागि बन्न नपाउने निशिचत भएको हो ।
यो निश्चित भएसँगै यसअघि केन्द्रीय सदस्य रहेका प्रदेश सभा सदस्य जानकी सिंह, केन्द्रीय सदस्य तीर्थजंग शाही, सुर्खेत १ का प्रतिनिधि सभा सदस्य विष्णुबहादुर खड्का, पूर्वमन्त्री हृदयराम थानी, कमलराज रेग्मी, देवकुमार सुवेदी, नारायण कोइराला, उपेन्द्र थापा, पूर्वमन्त्री शीवराज जोशीदेखि यूवा, दलित, पेसागत जस्ता क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेर केन्द्रमा दावी गर्न चाहने ३३ जना प्रतिनिधिका लागि आगामी पाँच वर्षसम्म काँग्रेस केन्द्रको राजनीति गर्ने ‘च्याप्टर क्लोज’ भएको हो ।
यस’boutमा कुरा गर्न खोज्दा केन्द्रदेखि प्रतिनिधि तोकिएर पठाइएका पोखरेलले फोन उठाएनन । उनलाई म्यासेज लेखेर पठाउँदा पनि कुनै वास्ता गरेनन् । निर्वाचन क्षेत्र नम्बर १ बाट भने प्रतिनिधि छनाेट भइसकेका छन् ।
सम्बन्धित समाचार
संविधान संशोधनको साहस र स्पष्टता महाधिवेशनबाट ल्याउँछौंः गगन थापा
रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : राष्ट्रसंघको महासभामा भोटेकोशी विपद सम्बन्धमा सम्बोधनको तयारी गर्नु
बझाङ कांग्रेस अधिवेशनः ९४ मध्ये ८९ वडामा नयाँ नेतृत्व
अन्तरसंंघर्ष व्यवस्थापनमा एमाले, एकताको ढोका खोल्दै नेकपा
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै





