काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।
म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि उनले भने, ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्न । पुरानोले सकेनन्, ढंग ल्याएन । अब नयाँले ल्याउँछ कि भनेको हो ।’
३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएको उनको भनाइ छ । स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई पार्टीहरूले सम्पर्क गरिरहेका छन् । तर पुनले कसैको कुरा नसुन्ने बताए । ‘यो स्थितिमा कोही पार्टीको कुरा सुन्दिन । सुनेर फाइदा छैन,’ उनले भने ।
तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)






