जनता दलमा, दल गुटमा र नेतृत्व स्वार्थमा

लोकतन्त्र ‘जनताद्वारा सञ्चालित शासन प्रणाली’ हो । यस प्रणालीमा राजनीतिक दल र नेता विशेष छनोट गर्ने अधिकार मतदातामा सुरक्षित हुन्छ । तथापि, जब नागरिक पहिले दलका समर्थक बन्न पुग्छन्, नेता गुटका प्रतिनिधिमा सीमित हुन्छन्, नेतृत्व व्यक्तिगत तथा समूहगत स्वार्थकेन्द्रीत हुन्छन्, तब लोकतन्त्रको शाख गिर्न थाल्दछ । अहिले हाम्रो देशको सन्दर्भमा यस्तै भइरहेको छ । लोकतन्त्र सामाज विभाजनको मन्त्र बनेको छ । जनताको दलगत अन्ध समर्थन, गुटगत नेताका शक्ति संघर्ष र स्वार्थी नेतृत्वको वर्चश्वले राजनीति सेवा होइन, सौदाबाजीको माध्यम बनेको छ ।

हाना आरेन्टका शब्दमा ‘विवेकभन्दा माथि दलप्रतिको निष्ठा राखिनु नै लोकतन्त्र अन्त्य हो ।’ अहिले समाजमा दलप्रतिको आस्था र निष्ठाका कारण व्यापक रूपमा दलीयकरण छ । जनता दर्जनौंको संख्यामा रहेका राजनीतिक दलहरूमा भागबन्डा भएका छन् । नेपाली समाजमा सदियांैदेखि झा“गिएको आपसी सद्भाव र मेलमिलापको सौहार्द्रपूर्ण सामाजिक वातावरण राजनीतिक कारण खलबलिएको छ । देशमा आवश्यकभन्दा बढी राजनीतिक दलहरू छन् । लामो समयदेखि संसद््मा कुनै पनि दलले बहुमत ल्याउन सकेको अवस्था छैन । राजनीतिक सिद्धान्तबिनै साना दलहरूबाट दुईचार सांसदलाई मतदाताले संसद् भवनमा पठाउने र उनीहरूले सरकार बनाउने तथा भत्काउने काम गरीरहेको देखिन्छ । यस सन्दर्भमा लोकतन्त्र र सुशासनको बाधक राजनीतिक दल र नेतामात्र नभएर राजनीतिक रूपमा विभाजित जनता पनि देखिन्छ ।

जब राजनीतिमा गुटगत नेताले संगठन कब्जा गर्छ, तब राजनीतिक सिद्धान्त र नीति गौण बन्दछ । अहिले यस्तै भइरहेको छ । राजनीतिक दल र नेताका पछाडि अन्धभक्त भएर लाग्ने समाजले प्रश्न गर्न सक्दैन । आलोचनात्मक चेतना विकास गर्न सक्दैन । कार्यकर्ता वा समर्थकले मौन बसेपछि नेता जवाफदेही हुँदैन । बेलायति राजनीतिक चिन्तक जाँन स्टुअर्ट मिलले भन्छन्, ‘खराब सरकारको मूलकारण खराब नागरिक होइन, मौन नागरिक हुन् ।’ आप्mना दल र नेताका गल्ती तथा कमीकमजोरीमा मौन हुने तर इतर राजनीतिक दल र नेताले गर्ने सानो गल्तीमा पनि बढाईचढाई गरी रसातलमा पु¥याउने कार्यकर्ता वा समर्थक वास्तवमा लोकतन्त्रका बाधक हुन् ।

प्लेटो भन्छन्, ‘राजनीतिमा प्रवेश नगर्ने सज्जनलाई शासक बन्ने मूर्खको मूल्य चुकाउनुपर्दछ ।’ प्लेटोले भनेजस्तो नेपाली समाजमा तीन दशकदेखि नेतृत्वबाट जनता पीडित भएको अवस्था छ । जनताले लोकतन्त्र आभाष जीवनशैलीमा महसुस गर्न सकेका छैनन् । बेरोजगार, मह“गी, कुशासन, भष्ट्राचारजस्ता कुराबाट समाज सताइएका छन् । आसन्न निर्वाचनमा मतदाताले इतिहासबाट पाठ सिकेर ‘स्टन्टबाज’ होइन, अनुभवी, योग्य तथा देश बदल्न सक्ने ‘भिजन’ भएको नेतृत्व चयन गर्नुपर्दछ ।

अहिले हरेक दल गुटगत समूहमा विभाजित छन् । राजनीतिमा गुटगत स्वार्थ, गाली गलौज, मेडिया ट्रयाल गर्ने संस्कृति अन्त्य आवश्यक छ । एउटै राजनीतिक दलभित्र समूहगत गुटबन्दीमा सक्रिय हुने र दलभित्रकै भिन्न समूहकालाई तेजोबध गर्ने कार्य लोकतान्त्रिक आचरण तथा स्वभाविक बहस होइन । बेलायती दार्शनिक बट्र्रान्ड रसेलका शब्दमा ‘राजनीतिमा जहाँ सत्ता नै लक्ष्य बन्दछ, त्यहाँ सिद्धान्त सम्झौतामा पर्दछ ।’ रसेलले भनेजस्तै हाम्रो देशका कुनै पनि राजनीतिक दलले सिद्धान्त, निष्ठामा सम्झौता गरेर भए पनि सत्तामोहमा लागेको देखिन्छ । सत्ताका लागि दलगत गठबन्धन, जुट्ने र फुट्ने संस्कृति बढ्दो छ । समाज पनि ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा’को अभ्यासमा दलका पछाडि भिड लागेको देखिन्छ । यस्तो राजनीतिक संस्कारले उज्यालो भविष्यको संकेत गर्दैन ।

जब राजनीतिमा गुटगत नेताले संगठन कब्जा गर्छ, तब राजनीतिक सिद्धान्त र नीति गौण बन्दछ । अहिले यस्तै भइरहेको छ । राजनीतिक दल र नेताका पछाडि अन्धभक्त भएर लाग्ने समाजले प्रश्न गर्न सक्दैन । आलोचनात्मक चेतना विकास गर्न सक्दैन । कार्यकर्ता वा समर्थकले मौन बसेपछि नेता जवाफदेही हुँदैन । बेलायति राजनीतिक चिन्तक जाँन स्टुअर्ट मिलले भन्छन्, ‘खराब सरकारको मूलकारण खराब नागरिक होइन, मौन नागरिक हुन् ।’

अहिले नेपाली समाजले लोकतन्त्र विकास र सुशासनका लागि पुराना दलका विकल्पमा नयाँ दलमा परिवर्तन खोजिरहेजस्तो देखिन्छ । जनताको यस रोजाईले राजनीति ‘केटाकेटी आए गुलेली खेलाए’ भनेजस्तो भएको छ । राजनीतिक सिद्धान्त र सामाजिक योगदानबिनै नेता बन्ने र सामाजिक सञ्जाल ‘ट्रायल’ गर्ने काम भइरहेको छ । सामाजिक सञ्जालमा ‘फेक आईडी’ सञ्चालन गरी ‘स्टन्ट’ गरेकै भरमा नेता बन्ने प्रतिस्पर्धा चलिरहेको छ । सामाजिक सञ्जालबाट राजनीतिमा उदाउने र अस्ताउनेक्रम जारी छ । जर्ज अर्वेल भन्छन्, ‘लोकप्रियता सत्यको प्रमाण होइन ।’ अहिलेको अवस्थामा सत्य त्यो हो, जहाँ नेतृत्वले जनताका आवश्यकता, विधिको शासन कायम गरी नेतृत्व गर्दछ । ‘सबैभन्दा माथि देश हुन्छ’ भन्ने दृष्टिकोणसाथ काम गर्दछ ।

हाम्रा देशका राजनीतिक दलमा विचार, निष्ठा र दीर्घकालीन दृष्टिकोणभन्दा बढी सामाजिक सञ्जालमा ‘भाइरल’ हुने कला निर्णयक बन्दै गएको देखिन्छ । सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’, उत्तेजक अभिव्यक्ति र नाटकीय प्रस्तुित नै राजनीतिक योग्यता र देश बनाउने विधिका रूपमा समाजले बुभ्mने गरेको देखिन्छ । जनताको यस भ्रमले नेपाली राजनीतिलाई अझै बिग्रने र बिथोलिने सम्भावना बढेको छ । फ्रान्सका दार्शनिक गाय डेबोर्डले भन्छन्, ‘जब राजनीति प्रदर्शन बन्दछ, तब गहिराई हराउँछ ।’

हाम्रो देशको पछिल्ला राजनीतिक घटनाक्रमले डेबोर्डको भनाई पुष्टि गर्दछ । राजनीति सिद्धान्त, कार्ययोजना र दृष्टिकोणभन्दा पनि प्रदर्शन र हुलका आधारमा नेता बन्ने प्रतिस्प्रधाले लोकतन्त्रको विकास हुन सक्दैन ।

समाजशास्त्री गुस्ताभ बोंका शब्दमा ‘भिडलाई सोच होइन, भावना चाहिन्छ ।’ वास्तवमा नेपाली समाज पनि गुस्ताभले भनेझैं सोच र विवेकभन्दा बढी भावनाको हुरीमा बहकिइरहेको देखिन्छ । जेनजी आन्दोलनपछाडि नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । सामाजिक सञ्जालमा ‘भाइरल’ सेलिब्रेटीका अनुहार राजनीतिमा हावी भइरहेको देखिन्छ ।

यस प्रसंगमा अमेरिकी दार्शनिक तथा लेखक हर्बर्ट मार्कुसेको भनाई सान्दर्भिक देखिन्छ । उनी भन्छन्, ‘विचार कमजोर हुँदा प्रदर्शन चर्किन्छ ।’ अहिलेको नयाँ राजनीतिक दल र यिनीहरूलाई नेतृत्व दिने नेतागण मार्कुसले भनेजस्तो ठुलो भिड जम्मा गर्ने राजनीतिक नेतास“ग न त राजनीतिक सिद्धान्त छ, न त विचार र देश विकासको मार्ग चित्र नै । कस्तो अचम्म ? जनता अन्धभक्त भएर ‘पपुलिस्ट’का पछाडि दौडिएका देखिन्छन् ।

दलगत निष्ठाले जनतालाई सचेत होइन, दलको आज्ञाकारी रोबोर्टजस्तो बनाउँछ । दलका गलत काममा पनि ताली बजाउने, भ्रष्टाचारलाई अप्रत्यक्ष रूपमा प्रशय दिने र लोकतन्त्रका नाममा अलोकतान्त्रिक आचरण विकास गर्ने अभ्यासमा नेपाली जनता अग्रपंक्तिमा छन् । नेतृत्वले गुट, उपगुट बनाउने र गणितका सिटमा रमाउँदा नीति र नैतिकता किनारामा धकेलिएका छन् ।

राजनीतिक नेतृत्वले समाजका बौद्धिक तहलाई राजनीतिक नियुक्ति वा अवसरको आश्वासनको आधारमा आ–आप्mनो पक्षमा आकर्षक गर्ने गरेको पाइन्छ । फ्रेन्च दार्शनिक जुलियन बेन्डा भन्छन्, ‘बौद्धिकहरू बेइमानी हुनेबित्तिकै समाजको नैतिक पतन सुरु हुन्छ ।’

नेपालको सन्दर्भमा बौद्धिक जगत स्वतन्त्र विचारक नभई दलको पक्ष वा विपक्षमा लाग्दा समाजले बाटो बिराएको देखिन्छ । देश कमजोर भएको छ । जब जनता विवेक साटेर दल रोज्छन् र नेता आत्मआलेचना साटेर शक्ति जोगाउन लाग्छन्, तब लोकतन्त्र आवरणमै सीमित रहन्छ । व्यवहारमा अनुभव गर्न सकि“दैन । अहिलेको अवस्था यस्तै छ ।

नेपाली समाज आमनिर्वाचनको स“घारमा छ । आगामी २१ फागुनमा अध्यावधि निर्वाचन हुँदै छ । यस निर्वाचनमा दर्जनौंको संख्यामा पुराना र नयाँ दलबीच भिडन्त हुँदै छ । मतदाताले दल होइन, देश सोच्ने, गुट होइन, जनहित रोज्ने, हाम्रो होइन, राम्रो खोज्ने बेला आएको छ ।

वर्नार्ड रसेलका शब्दमा ‘निष्क्रिय जनता नै खराब शासनको सबैभन्दा ठुलो सहयोगी हो ।’ खराब आचरण भएका, असक्षम नेतालाई मत दिएर खराब शासक चयन गर्ने कार्य नगरौं । मतदाताले सक्षम, इमानदार र देश बदल्न सक्ने नेतृत्वलाई मतदान गरी सचेत नागरिकको कर्तव्य पूरा गरांै । राजनीतिक लोभ, लाभ, दबाब र प्रभावमा नलागौं । देश राजनीतिक दल र नेता विशेषभन्दा धेरै माथि हुन्छ ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन