काठमाडौं । यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बनेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार व्यवसायीले उम्मेदवारी दिए ।
महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली क्षेत्र नं २, पश्चिम नेपाल यातायात व्यवसायी कम्पनीका विष्णु खड्काले सुर्खेत क्षेत्र नं १, वरिष्ठ व्यवसायी भागवतप्रकाश मल्लले स्याङ्जा क्षेत्र नं २ र कर्णाली यातायातका रमेश सापकोटाले सुर्खेत क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । जसमध्ये स्वाँर, खड्का र मल्ल नेपाली कांग्रेसबाट र सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका हुन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना व्यवसायी उम्मेदवार बनेको बताए ।
नीति निर्माण तहमा प्रतिनिधित्व नभएका कारण ठूलो लगानी र आर्थिक समृद्धिको बलियो आधार भए पनि यातायात क्षेत्र व्यवस्थित बनाउन हस्तक्षप हुन नसकेको उनको बुझाइ छ ।
सम्बन्धित समाचार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
एमालेद्वारा झापामा ६२ सदस्यीय भोलेन्टियर फोर्स घोषणा
संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
चुनावी दौडधुपबीच ताप्लेजुङ पुगे बालेन, शुक्रवार पाथीभरा दर्शन गर्ने
कैलालीको ४ वटा निर्वाचन क्षेत्रमा पूर्वमन्त्री र नयाँ अनुहारबीच प्रतिस्पर्धा
निर्वाचन आचार संहिता पालना गर्न जोड
कर्णालीमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी
सुदूरपश्चिमबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी






