काठमाडौं । सरकारले उत्कृष्ट २५ व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्यातकर्ता, लगानीकर्ता, रोजगारदातालाई सो सम्मान व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले दिएको हो ।
मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १३ विधामा २५ जना उत्कृष्ट व्यवसायीलाई सीआईपीको लोगो र प्रमाणपत्र दिएर सम्मान गरेका थिए । प्रधानमन्त्री ओलीले सीआईपी लोगोको मर्यादा राख्न व्यवसायीलाई आग्रह गरेका थिए । यसैगरी, उनले नियमकानुनको पालन गर्दै स्वच्छतापूर्वक उद्योग, व्यापार व्यवसाय गर्न आग्रह पनि गरे ।
सरकारले व्यवसायीको आर्थिक वर्ष २०७४÷७५ मा अर्थतन्त्रमा पु¥याएको योगदानलाई आधार मानेर सम्मान हो । ‘महŒवपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) छनोट सम्मान तथा सुविधासम्बन्धी कार्यविधि– २०६९’अनुसार सरकारले विभिन्न क्षेत्रबाट अर्थतन्त्रमा योगदान पु¥याउने उद्यमी व्यवसायीलाई सम्मान गर्ने व्यवस्था बनाएको छ । सो कार्यविधिमा दुई÷दुई वर्षमा देशको निर्यात, लगानी, रोजगारी, विप्रेषण, पर्यटनलगायतका विभिन्न क्षेत्रबाट अर्थतन्त्रमा योगदान पु¥याउने उत्कृष्ट व्यवसायीलाई तथा तिनका प्रतिनिधिमुलक संस्थाका अध्यक्षलाई सीआईपी प्रदान गर्नेगर्छ ।
यसअघि सरकारले २०७० मा विभिन्न १५ विधामा ३४ उद्यमीलाई सीआईपी प्रदान गरेको थियो । त्यसपछि सरकारले सीआईपी दिने तयारी गरेको भए पनि विवाद भएपछि सीआईपी नै दिएको थिएन । अहिले छ वर्षपछि सरकारले १३ विधामा २५ जनालाई उद्यमी व्यवसायीलाई सीआईपी सम्मान गरेको हो । तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेको प्रथम पाँच वस्तुको सबैभन्दा बढी वस्तु निकासी गर्ने एक÷एक जना निर्यात कर्ता उद्योगीलाई सीआईपी सम्मान गरेको छ ।
सीआईपी सम्मान हुनेमा निर्याततर्फ त्रिवेणी स्पिनिङ मिल्स प्रालिका अध्यक्ष रामचन्द्र सांघाई रहेका छन् । त्रिवेणीले तेस्रो मुलुकतर्फ ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको धागो निकासी गरेको थियो । सांघाईको कम्पनी तेस्रो मुलुकतर्फ निकासी गर्नेमा पहिलो नम्बरमा परेको छ । दि सांग्रिला कार्पेट एन्ड ह्यान्डीक्राफ्ट इन्डस्ट्रि प्रालिका प्रबन्ध सञ्चालक दोर्जेग्याल्सेन लामा पनि सम्मानित भएका छन् । उनको कम्पनीले ९४ करोड १७ लाख रुपैयाँ बराबरको उनी गलैंचा निर्यात गरेको थियो ।
यसैगरी, काठमाडौं स्टार फेसन हात्तीवनका प्रबन्ध निर्देशक राहुलमान शाक्यलाई पनि सम्मान गरिएको छ । उनको कम्पनीले ८२ करोड ८७ लाख रुपैयाँ बराबरको तयारी पोसाक निर्यात गरेका छन् । दोर्जेग्याल्सेन लामा प्रबन्ध सञ्चालकलाई सम्मान गरेको छ । उनले ९४ करोड १७ लाख बराबर मूल्यको सामान निर्यात गरेको छ । यसैगरी, एभरेस्ट पस्मिना निटिङ एन्ड वेभिङ इन्डस्ट्रिज गोदावरीका अध्यक्ष सूर्यकुमार गुरुङले ४८ करोड १४ लाख रुपैयाँ बराबरको ऊनी तथा पस्मिना सल निर्यात गरेकोमा सम्मानित गरेको छ ।
एभरेस्ट फेसन, खुमलटार, ललितपुरका प्रोपाइटर रविन श्रेष्ठ सिन्या पनि सीआईपीबाट सम्मानित भएका छन् । उनले ६९ करोड ७१ लाख बराबरको ऊनी फेल्टका उत्पादन निर्यात गरेका थिए ।
त्यसैगरी, डावर नेपालका विजनेस हेड हरिकिरत सिंह बेदीलाई पनि सम्मान गरिएको छ । डाबरले १२ अर्ब ७० करोड ६७ लाख रुपैयाँ बराबरको निकासी गरेको थियो । आरती स्ट्रिप, विराटनगर, मोरङका महाप्रबन्धक दिव्यराज सापकोटा पनि सीआईपीबाट सम्मानित भएका छन् । आरतीले ५ अर्ब ३ करोड ३५ लाख रुपैयाँ बराबरको जस्तापाता निकासी गरेको थियो ।
हुलास वायरका निर्देशक युक्ति गोल्छा पनि सम्मानित भएकी छन् । हुलास वायरले ४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ बराबरको निकासी गरेको थियो । न्यु हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौंका प्रोप्राइटर पेम्बा दोर्जे शेर्पा सम्मानित भएका छन् । न्यु हस्तकला एक्सपोर्टले ४३ करोड ६० लाख बराबरको निकासी गरेको थियो । गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्ट, ठमेलका व्यवस्थापक विश्वराज बस्नेत पनि सम्मानित भएका छन् । उनले ३९ करोड ३३ लाख रुपैयाँ बराबरको सामान विदेशमा निकासी गरेका थिए । न्यु प्यागोडा इन्टरप्राइजेज, टोखा, काठमाडौंका प्रोपाइटर मछिन्द्र पाण्डेले २२ करोड ४२ लाख बराबरको सामान निकासी गरेवापत् सम्मानित भएका छन् । उनीहरूलाई चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता÷उद्योगी विधाअन्तर्गत सम्मानित गरिएको हो ।
पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाटार, काठमाडौंका प्रोपाइटर गोपीप्रसाद कँडेल पनि सीआईपीबाट सम्मानित भएका छन् । उनको कम्पनीले १७ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । उनलाई नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भिœयाउने निर्यातकर्ता विधाअन्तर्गत सम्मान प्रदान गरिएको हो । मनराम हिमालयन ह्यान्डी क्राफ्टस, बालुवाटारका प्रबन्ध सञ्चालक सुजनकुमार श्रेष्ठले ८३ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेवापत् सम्मान गरिएको छ ।
सिजी बायोटेक, सानेपा, ललितपुरका अध्यक्ष निर्वाणकुमार चौधरीलाई पनि सीआईपी अवार्ड प्रदान गरिएको छ । सीजीले ३१ करोड ८५ लाख बराबरको समान निकासी गरेवापत् उनलाई सम्मान गरिएको हो । वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये जडीबुटी वस्तुको सबैभन्दा बढी निर्यात गर्ने विधाअन्तर्गत उनीहरू सम्मानित भएका हुन् ।
हुलास वायर्स इन्डस्ट्रिज, विराटनगर, मोरङका प्रबन्ध निर्देशक राजलक्ष्मी गोल्छालाई पनि सम्मान गरिएको छ । हुलासले ४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेवापत् उनलाई सम्मान गरिएको हो । कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता विधाअन्तर्गत गोल्छालाई सम्मान गरिएको हो । सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता एलआईएस नेपाल, मानभवन, ललितपुरका कार्यकारी निर्देशक दीपेश प्रधानलाई पनि सम्मानित गरिएको छ । उनले १९ करोड ८१ लाख रुपैयाँ बराबरको निकासी गरेका छन् ।
उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादनमूलक उद्योगका उत्कृष्ट व्यवसायीमा होङ्सी सिमेन्ट परेको छ । उक्त सिमेन्टले १० अर्ब ७१ करोड रुपैयाँ बराबरको लगानी भिœयाएको हो । होङ्सी सिमेन्टका प्रबन्ध निर्देशक लिऊ सु कुवाङ सम्मानित भएका हुन् । सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगी÷व्यवसायीमा पवन गोल्यान परेका छन् ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, कमलादी, काठमाडौंले सबैभन्दा बढी रोजगारी सिर्जना गरेकाले उद्योगी तथा अध्यक्ष तथा प्रबन्ध सञ्चालक गोल्यानलाई सीआईपीबाट सम्मान गरिएको हो ।
बैंकिङ प्रणालीमार्फत रेमिट्यान्सको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भिœयाउने विप्रेषण कम्पनी÷व्यवसायी चन्द्रप्रसाद ढकाललाई पनि सीआईपी प्रदान गरिएको छ । आईएमई लिमिटेडका अध्यक्ष ढकालले २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ बराबरको विप्रेषण भित्र्याएका थिए ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी सुरेशलाल श्रेष्ठ पनि सीआईपीबाट सम्मानित भएका छन् । तारागाऊँ रिजेन्सी होटलका प्रबन्ध सञ्चालक श्रेष्ठले १ अर्ब ३ करोड २५ लाख रुपैयाँ बराबरको योगदान दिएका थिए । युवा उद्यमी÷व्यवसायीमध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने महिला सुनिता शेर्पा परेकी छन् । फेल्ट एन्ड यार्न, नयाँ बजार, काठमाडौंकी प्रबन्ध निर्देशक शेर्पाले ८ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात गरेवापत् सीआईपीबाट सम्मानित गरिएको हो ।
युवा उद्यमी÷व्यवसायीमध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने पुरुषमा परेका छन् । अक्षय गोल्यान रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक गोल्यानले ८ अर्ब ७ करोड रुपैयाँ बराबरको वस्तु निकासी गरेका थिए । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएका व्यवसायीका प्रतिनिधिमुलुक संघ÷संस्था का अध्यक्ष (मानार्थ) लाई सम्मान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्दराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।