सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका –५ फ्याक्सिन्दा स्थित अरुण तेस्रो जलविद्युत आयोजनाका एक मजदुर मृत फेला परेका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् ।
उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका –१० घर भई हाल अरुण तेस्रोको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत २२ बर्षीय बाउट तामाङ आज दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताउनुभयो ।
तामाङको शव उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाकाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो ।
मृतकको शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ५ किलोमिटर. दक्षिण पर्दछ ।






