चलचित्र ‘कल्ली’को रिलिज स्थगित

काठमाडौं । आगामी १ फागुनबाट रिलिज हुने भनिएको नेपाली चलचित्र ‘कल्ली’ को प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै चलचित्रको रिलिज मिति स्थगित गर्नु परेको जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘वर्तमान परिस्थितिमा हाम्रो प्यारो देश निर्वाचनमा होमिएको छ । राष्ट्रको भविष्य के हुने हो भन्ने महत्त्वपूर्ण र जटिल घडीमा सम्पूर्ण नागरिकको ध्यान र राज्यको प्राथमिकता देशको राजनीति र निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक र आवश्यक भएकाले पहिले देश, अनि मात्र कला र मनोरञ्जन भन्ने हाम्रो मान्यता छ ।’

तसर्थ, देशको यो संवेदनशील समयलाई सम्मान गर्दै, १ फागुनको लागि तय गरिएको प्रदर्शन मिति हालका लागि स्थगित गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछि सहज वातावरण बनेलगतै चलचित्र ‘कल्ली’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

केही समयको यो प्रतीक्षाले चलचित्र ‘कल्ली’को प्रस्तुतिमा अझ निखार आउने पनि निर्माण पक्षको कथन छ । लक्ष्मण सुनार निर्देशित यो चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, उत्तम प्रधान लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रलाई किरण नेपालीले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब