सप्तरी । आर्थिक अभावले चिसो छल्न न्यानो कपडाको जोहो गर्न नसकेका २० जना गरीव, असहाय, असक्त, एकल महिला तथा जेष्ठ नागरिकले कम्बल प्राप्त गरेका छन् ।
मित्रराष्ट्र भारतको ७७औं गणतन्त्र दिवसको अवसर पारेर बिहीबार नेपाल–भारत मैत्री संघ सप्तरी शाखाले आयोजना गरेको एक कार्यक्रममा २० जना गरिव, असहायले कम्बल प्राप्त गरेका हुन् ।
संघका शाखा अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पत्रकार मनोजकुमार माझी, ओमपकाश साह, नेपाल–भारत मैत्री संघका सदस्यद्वय अरविन्द यादव, भोगेन्द्र मिश्र, समाजसेवी अंगद साह लगायतले नेपाल–भारत मैत्री संघको तर्फबाट कम्बल वितरण गरेका थिए ।
सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मुन्धडाले गरिव, असहायको जिवनस्तरमा सुधारका लागि यस्ता सहयोग र विगतमा गर्दै आएको सीपमूलक तालिम लगायतका कार्यक्रमहरु भविष्यमा समेत निरन्तरता पाउने प्रतिवद्धता जनाएका थिए ।
प्रमुख अतिथि देवले छिमेकी राष्ट्र भारतको गणतन्त्र दिवसको अवसर पारेर संघले आयोजना गरेको यस्ता कार्यक्रमले गरीब, असहायलाई ठुलो राहत प्रदान गर्ने बताए । उनले सदियौं देखि कायम रहेको नेपाल–भारतको सम्बन्ध अझ सुदृढ बनाउन दुबैदेश मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
३० दिनमा सप्तरीमा विभिन्न अपराधका ३५ जना पक्राउ
बारामा निर्वाचनका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक शहिद खनालको स्मृतिमा मानवसेवाका आश्रितलाई भोजन
पुराना अनुहारसँगै पर्सामा १०५ को उमेद्वारी दर्ता
सप्तरीमा सरकारी जागिर छाडेर चुनावी मैदानमा डा. चौधरी
रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
सिरहामा ‘एचपिभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै
‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला






