काठमाडौं । स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न दक्षिण अस्ट्रेलिया सरकारको एजेन्सीले एम्बेस्डर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।
मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेसन समारोहमा नेपालका चार जना विद्यार्थीलाई एम्बेस्डर घोषणा गरिएको हो । कार्यक्रममा अस्ट्रेलियन सरकार, दक्षिण अस्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरूका अधिकारी उपस्थित थिए । विद्यार्थी एम्बेस्डरलाई स्टडी एडिलेडले ५ हजार अस्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्ने बताइएको छ, जसमा १ हजार ५ सय अस्ट्रेलियन डलरसम्मको फिर्ती टिकट, १ हजार अस्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निःशुल्क प्रवेश समावेश गरिएको छ ।
वर्षांैदेखि नेपालबाट थुपै्र विद्यार्थी उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २ हजार बढी विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीको लोकप्रिय पाठ्यक्रम छन् ।
सन् २०२० का लागि छनोट गरिएका चार विद्यार्थी काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की छन् ।