‘शिवाली गुरुङको खेल प्रदर्शनले नेपाल गौरवान्वित’

काठमाडौं । नेपाली जुनियर टेनिस खेलाडी शिभाली गुरुङले टेनिसको ग्लोबल एरिनामा गरेको प्रदर्शनबाट नेपाललाई गौरवान्वित बनाएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । कमिटीले भनेको छ- ‘हाम्रो छात्रवृत्ति विजेता शिवाली गुरुङलाई जनवरी २०२६ मा मेलबर्नमा आयोजित अस्ट्रेलियन ओपनको दौरान एसिया-प्यासिफिक एलिट १४ एण्ड यु ट्रफी २०२६ मा चौथो स्थान हासिल गरेकोमा गर्वका साथ बधाई ज्ञापन गर्दछ। यो प्रशंसनीय उपलब्धिले उनको समर्पण, कडा परिश्रम र खेलकुदमा बढ्दो उत्कृष्टतालाई प्रतिबिम्बित गर्दछ जसले नेपाललाई गौरवान्वितबनाएको छ ।’

शिभालीले ग्रान्ड स्लाम टेनिस अस्ट्रेलियन ओपनका क्रममा भएको एसिया प्यासिफिक इलाइट ट्रफी खेलेकी हुन् । वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन जनवरी १७ देखि फ्रेबुअरी १ सम्म मेलबर्नमा सञ्चालन भएको थियो । ग्रान्ड स्लाम प्लेयर डेभलेपमेन्ट प्रोग्रामअन्तर्गतको इलाइट ट्रफी जनवरी २६ देखि ३० सम्म सञ्चालन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

भद्रपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप आयोजना हुँदै