सहयात्रा लघुवित्तको तालिम सम्पन्न

काठमाडौं । मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीयले प्रदेश नम्बर ४, ५ र ६ का ३६ जना सहायकस्तरका कर्मचारीको सहभागितामा ‘कर्मचारी पुनर्ताजगी तालिम’ सम्पन्न गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमीत्रा मानन्धर गुरुङले भिडियोमार्फत सहभागी कर्मचारीलाई संस्थाको उद्देश्यबमोजिम कार्य गर्न तथा सदस्यको कर्जा बचतको साथसाथै सीप तथा उद्यमशीलता तालिममार्फत आयस्रोत वृद्धिका लागि सल्लाह–सुझाव दिएका थिए ।

कार्यक्रममा लघुवित्त व्यवस्थापन, बचत तथा कर्जाको प्रोडक्ट, कर्जा विश्लेषण, धितो कर्जा मूल्यांकन तथा आधारहरू र कर्जासम्बन्धी कैफियत सुधार’bout विभागीय प्रमुख निराजन श्रेष्ठले तालिम दिएका थिए ।

शाखाको विकास तथा राम्रो व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, संस्थागत संस्कार र कर्मचारी व्यवहारसँग सम्बन्धित तालिम विभागीय प्रमुख सुजित खतिवडाले दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा गठबन्धन टुट्यो