धनुषाको जटही नाकामा युवकको मृत्यु, सीमा क्षेत्रमा प्रदर्शन

जनकपुरधाम । भारतबाट नेपालतर्फ आइरहेका एक युवकको धनुषाको जटही नाकामा मृत्यु भएपछि सीमा क्षेत्रमा तनाब उत्पन्न भएको छ । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरिरहेका छन् । प्रर्दशनको क्रममा ’emले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

खाना नपाएको कारण नेपाल-भारत सिमाको जटही नाकामा एक युवकको मृत्यु भएको प्रदर्शनकारीहरुले बताएका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गरिरहेका छन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि सो युवकको भोकका कारण मृत्यु भएको छ । मृतक यादव अहमदावादमा होटलमा कुकको काम गर्दै आएका थिए । आक्रोशितहरुको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन । उनीहरु पत्रकारविरुद्ध समेत नारावाजी गरिरहेका छन् । पत्रकारहरुले आफुहरुको ’boutमा समाचार सम्प्रेषण नगरेको आरोप लगाएका छन् ।

धनुषाको नगराइनमा ठुलो संख्यामा प्रहरी परिचालन गरी रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए । सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरुलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले आफुहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी