ट्रेलरमा आयो चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर १ फागुनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशमा आधारित यस चलचित्रले पारिवारिक स्नेह, सम्बन्ध, मिलन र साना नोकझोंकलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। काव्यात्मक काव्य शैलीमा तयार पारिएको ट्रेलरले पात्रहरूको चाहना, अपेक्षा र द्वन्द्वलाई प्रभावकारी रूपमा देखाएको छ ।

ट्रेलर अनुसार मुख्य पात्र लक्ष्मी गिरीको वरिपरि घुम्ने कथाले सानो घर बनाउने सपना, छोराहरूको विवाह र उनीहरूको सुख–दुःखलाई केन्द्रमा राखेको छ । करिब ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलरले पात्रको मनोदशा र मानवीय सम्बन्धको सूक्ष्मतालाई उजागर गर्दै कथावस्तुको झलक दिएको छ ।

‘फिल्म रेञ्ज’को ब्यानरमा रुबी सेन सिंहद्वारा निर्मित यस चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्यलगायत कलाकारको अभिनय छ मुस्ताङदेखि काठमाडौंसम्म छायांकन गरिएको यस चलचित्रले पारिवारिक दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले गरेको छ ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले नौ वर्षपछि उनलाई निर्देशनमा फर्काएको छ । ‘माला’ र ‘रुद्र प्रिया’पछि आएको यस चलचित्रलाई विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक चलचित्रको रुपमा बनाएको भुपालले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड