रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रौतहटमा पनि ह्वात्तै बढेको छ । केही दिनयता रौतटहमा निरन्तर रुपमा संक्रमणको संख्या ह्वात्तै बढदै गएको हो । बुधबारसम्म रौतहटमा कोरोना भाइरसको संक्रमणको संख्या १ सय ५ पुगेको छ । बुधबार मात्रै जिल्लाको बिभिन्न नगरपालिकाका ३५ जना थप सक्रमित पुष्टि भएको हो ।
जिल्लाको गौर नगरपालिकामा ८, इशनाथ नगरपालिकामा १६, देबाही गुनाही नगरपालिकामा २ कटहरिया नगरपालिकामा २ र गडीमाइ नगरपालिकामा ७ गरी ३५ जनामा संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिएका छन । यसअघि ७० जना संक्रमित थिए ।
संक्रमति सबैजना भारतबट आएका हुन् । उनीहरु सबै क्वारेन्टिनमै रहेको प्रजिअ घिमिरेले जानकारी दिएका छन् । गत सोमबार २६ जना र मंगलबार २२ जना कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यता जिल्ला प्रशासन कार्यालय रौतहटले राति १२ बजेटबाट लागु हुनेगरी २ वटा नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । बढी संख्यामा कोरोना संक्रमित ईशनाथ नगरपालिका र राजपुर नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
यसैगरी भारतका बिभिन्न शहरमा काम गरेर फर्किनेहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । बुधबारसम्म रौतहटको बिभिन्न स्थानिय तहका क्वारेन्टिनमा बस्नेको संख्या ३ हजार १ सय भन्दा बढेको पाइएको छ ।






