काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ : ३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली काँग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक