काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएको घटना’bout अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । अहिले सम्म म्याद तीन पटक थपिएको छ ।
मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना
दैलेख–१ मा एमालेका रविन्द्रलाई कांग्रेस र पूर्व सहकर्मीहरुको दोहोरो चुनौती
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
मन्त्रिपरिषद् बैठक सुरु
निर्वाचन सुरक्षाः झापा, उपत्यका र हिमाली जिल्ला संवेदनशील
‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’
भोट माग्नमात्रै आउँछ– मल कारखाना
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान






