कैलाली । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका कुनै पनि चुनावी कार्यक्रमहरूमा तत्काल सहभागी नहुने संकेत गरेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँगको भेटमा उनले हाल आफू चुनावी अभियानमा हिँड्ने कुनै कार्यक्रम नरहेको बताएका हुन्।
भेटका क्रममा देउवाले प्रदेश सरकारले भयरहित र निष्पक्ष निर्वाचन हुने वातावरण बनाउन विशेष ध्यान दिन मुख्यमन्त्री शाहलाई आग्रह गरेका थिए। साथै उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन सक्रिय हुनुपर्ने धारणा समेत राखेका थिए।
भेटमा सहभागी एक नेताका अनुसार देउवाले आफ्नो हाल कुनै चुनावी कार्यक्रम नरहेको बताए पनि निर्वाचन सफल बनाउन र पार्टीका उम्मेदवारहरूलाई हार्न नदिन सन्देश दिएका थिए।
महाराजगञ्जमा भएको उक्त भेटमा आरजू राणा देउवा पनि सहभागी थिइन्। देउवा दम्पतीले मुख्यमन्त्रीको स्वास्थ अवस्था’bout पनि चासो राखेका थिए ।






