काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार तोलामा ५ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)







