काठमाडौं । निर्वाचित भएर सरकार गठन गरेपछि ‘मुलुक र जनताका लागि के गर्ने ?’ री प्रमुख राजनीतिक दल मतदाताबीच पुगिरहेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र प्रतिबद्धतापत्र सार्वजनिक गर्न असफल प्रमुख राजनीतिक दलका उम्मेदवार नै मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ फागुनभित्र प्रतिबद्धतापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले दलहरूलाई निर्दे शन दिएको थियो । तर, विघठित प्रतिनिधिसभाका प्रमुख दलहरू नै तोकिएको समय सीमाभित्रमा प्रतिबद्धतापत्र सार्वजनिक गर्न असफल भएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै प्रतिबद्धतापत्र सार्वजनिक गर्न असफल भएका छन् ।
रास्वपाले आइतबार घोषणापत्रको सारांश भने सार्वजनिक गरिसकेको छ । घोषणापत्रबिनै घरदैलो गरिरहेका यी तीनवटै दलले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था भए पनि भावी प्रधानमन्त्रीको नाम नै तय गरेर निर्वाचनमा होमिएका छन् । कांग्रेसबाट सभापति गगनकुमार थापा, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहलाई ती दलले आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।
प्रधानमन्त्री हुने निर्णय गर्न सफल तर सरकार बनाएपछि ‘के–के गर्ने ?’ भन्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्न असफल भएका दलले सरकारको नेतृत्व वगर्न पुग्र्नेमत पाएमा पनि ‘कसरी कार्य गर्लान् ?’ भन्ने आशंका जन्मिएको मतदाताका गुनासो छ । कांग्रेसले बुधबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भव्य कार्यक्रम गर्दै कांग्रेसले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जनाए । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कांग्रेसले चुनावी अभियान सुरुवात पनि जनकपुरबाटै गर्र्ने उनले जनाएका छन् । ‘जनकपुरधामबाट चुनावीसभा सुरुवात गर्दै हामी बुधबार घोषणापत्र सार्वजनिक गर्छौ,’ प्रवक्ता चालिसेले भने । तर, कांग्रेसका उम्मेदवार मतदातासहित आम जनतालाई विभिन्न आश्वासन दिँदै मत मागिरहेको छ ।
यसैगरी, विघठित प्रतिनिधिसभा दोस्रो ठुलो दल एमाले पनि घोषणापत्र तोकिएकै समयभित्र सार्वजनिक गर्न असफल भएको छ । एमालेले काठमाडौंमा आगामी ७ फागुनमा घोषणापत्र सार्वजनिक गर्दैछ । देशैभर एमालेबाट उम्मेदवार रहेका महिलाबाट संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गर्र्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । यसका लागि विभिन्न क्षेत्रमा उम्मेदवार रहेका महिला उम्मेदवारलाई काठमाडौं बोलाइएको छ ।
कांग्रेस, एमालेजस्तै निर्वाचन आयोगले तोकेको समयभित्रमा घोषणापत्र सार्वजनिक गर्नमा रास्वपा पनि असफल भएको छ । देशैभरी चुनावी भेटघाट, छलफल, घरदैलो कार्यक्रममा रास्वपा उम्मेदवार व्यस्त छन् । विभिन्न आश्वासन बाँड्दै रास्वपा उम्मेदवारले मत मागिरहेका छन् । तर, निर्वाचनपछि सरकार गठन गर्र्ने अवस्था आए ‘के–के गर्ने ?’ भन्ने’bout रास्वपाले घोषणापत्र ल्याउन सकेको छैन । कांग्रेसले जनकपुर, एमालेले काठमाडौंबाट घोषणापत्र सार्वजनिक गर्र्ने बताउँदै गर्दा रास्वपाले भने कर्णाली प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।






