पोखरा । पोखराको फेवातालमा माछा मार्ने क्रममा एसएलआर राइफल फेला परेको छ ।
फेवातालअन्तर्गत पोखरा–१८, खपौंदीबाट स्थानीय ४२ वर्षीय कुमार जलारीले माछा मार्ने क्रममा जाल हानेका थिए । जाल हान्ने क्रममा जालमा एसएलआर राइफल अड्किएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सो स्थानमा गई बुझ्दा मु वा १११ (बट) नम्बर बडी नं. १३८१० लेखिएको राइफल फेला परेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सो राइफलमा लोड भएको गोली राउण्ड १८ सहितको म्यागजिन थप एक समेत बरामद गरिएको छ ।
यस’bout अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी बस्नेतले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)













