सर्लाही । सर्लाहीमा आफनै बाको विभत्स हत्या आशंकामा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसवरीया गाउँपालिका वडा नं. ५ धनगढाका ४० वर्षिय बिनोद राय रहेका छन् । गएराती ७५ वर्षिय रामअधिन रायको घरेलु हतियार प्रहारबाट मृत्यु भएको थियो । आफ्नै आँपको बगैचामा सुति रहेको अवस्थामा गएराती बृद्धलाई अनुहार र टाउकोमा घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
आज बिहान आफ्नै घरमा खाटमुनी लुकेको अवस्थमा प्रहरीले मृतकका कान्छा छोरा बिनोद रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।
जग्गा जमिनको विषय यसअघि पनि बिनोदले बालाई गाली र कुटपिट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले बताए ।
घटनाको विषयमा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शव परिक्षण पश्चात जेठो छोरालाई जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुवँरले बताए ।






