यो इतिहास रच्ने समय होः रवि लामिछाने

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले इतिहास रच्ने समय आएको बताएका छन् । शुक्रबार गुल्मी सदरमुकाम तम्घासको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएको बताएका हुन् । चुनावी प्रचारको लागि भेटघाट गर्दै हिडेका सभापति लामिछाने शुक्रबार रिडी हुदैँ तम्घास आएका थिए ।

सम्बोधनको लागि जम्मा छ मिनेट मात्रै समय खर्चेका लामिछानेले आफुहरु देश बदल्ने अभियानमा सरिक भएको बताए । गुल्मीको उपस्थिति देखेपछि हौसिएका लामिछानेले गुल्मीबाट देशभरलाई असल संदेश दिएको उनको भनाई छ ।

उनले अहिले पनि गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राखे । गुल्मीमा उहाँले सदरमुकाम तम्घासमा रहेको शहिद शमशेर बहादुर खत्रीको शालिकमा माल्यार्पण समेत गरेका थिए । रास्वपाबाट गुल्मी १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार छन् । जिल्लामा कुल दुई लाख २९ हजार पाँच सय ४९ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

३ फागुन २०८२