ढाका । सन् २०२४ को घातक विद्रोहपछिको पहिलो आमनिर्वाचन बिहीबार सम्पन्न भएको थियो । बंगलादेशको निर्वाचन आयोगले शुक्रबार जारी गरेको गरेको पछिल्लो अनौपचारिक नतिजाअनुसार बीएनपीले मत गणना भएका २९७ सिटमध्ये २०९ सिट जिते छ । बीएनपीको निकटतम प्रतिस्पर्धी दल जमात-ए-इस्लामीले भने ६८ सिटमा जित हासिल गरेको छ । यद्यपि, इस्लामीको सिट संख्या ’bout भने पुष्टि भइसकेको छैन । बंगलादेशको कुल संसद संख्या ३५० छ ।
निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले सार्वजनिक गरेको विवरणअनुसार बाँकी २० सिट स्वतन्त्र र अन्य साना दलले जितेका छन् । यस निर्वाचनमा ५९.४४ प्रतिशत मतदान भएको थियो र आगामी फेब्रुअरी १९ (रमजान) भन्दा अगाडि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
जमातद्वारा चुनावी हार स्वीकार
बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी) ले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि जमातले ‘समग्र परिणाम’ लाई मान्यता दिने जनाएको हो ।
प्रारम्भिक चरणमा केही ‘विसङ्गति र मनगढन्त’ आरोप लगाउँदै आयोगसँग समाधान खोज्ने बताएका ६७ वर्षीय जमात प्रमुख शफिकुर रहमानले शनिबार भने औपचारिक रूपमा हार स्वीकार गरेका हुन् ।
“कुनै पनि वास्तविक लोकतान्त्रिक यात्रामा नेतृत्वको साँचो परीक्षा हामीले अभियान कसरी सञ्चालन गर्छौं भन्ने मात्र होइन, जनताको निर्णयप्रति हामीले कसरी प्रतिक्रिया जनाउँछौँ भन्ने पनि हो”, विज्ञप्तिमार्फत उनले भने, “हामी समग्र परिणामलाई मान्यता दिन्छौँ र विधिको शासनलाई सम्मान गर्दछौँ ।”






