काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गरेको छ । रास्वपाले गर्ने करार पत्र आज पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट सार्वजनिक सार्वजनिक गरेका छन् ।
करार पत्रको प्रतिलिपि फेसबुकमा हाल्दै सभापति लामिछानेले लेखेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरै पटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्यो निरन्तर । हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं ।’
करार पत्रमा ऋणीको दस्तखत भनेर दुईवटा औँठाछापहरू राखिएका छन् । खासमा यो कसैको औलाको छाप भने होइन । करार पत्रमा लेखिएका अक्षरहरूलाई नै मसिना बनाएर औँठाछापको स्वरूपमा राखिएको हो ।
रास्वपा नेतृ प्रतिभा रावलका अनुसार देशभरका उम्मेदवारहरूलाई यो करार पत्र वितरण गरिने छ । उनीहरूले चाहेमा यो करार पत्रमा आफ्नो औँठाछाप पनि लगाउन सक्ने छन् । अहिले सार्वजनिक करार पत्र पार्टीको तर्फबाट हो । देशभरिका उम्मेदवारहरूले आ–आफ्नो स्थानीय मुद्दाहरूलाई समावेश गरेर अर्को करार पत्र पनि गर्नुपर्ने छ ।

सम्बन्धित समाचार
झापा-५ मा कुनै गठबन्धन नहुने कांग्रेसको प्रष्टिकरण
टुरिष्ट उम्मेदवार नै प्रधानमन्त्रीका दाबेदार
काँग्रेस नेतृत्वको सरकार बनेपछि सिंहदरबार जलाउनुपर्ने अवस्था हुँदैन: गगन थापा
शान्ति प्रक्रियापछिका १८ वर्ष, नफेरिएका प्रचण्ड, फेरिएका पुष्पकमल
पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी: सभापति थापा
जेनजीका एजेन्डादेखि सुशासनका प्रतिबद्धतासम्म अलपत्र
चुनावको मुखमा राजावादीको ‘रिहर्सल’
काँग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः गगन थापा






