रेखा थापा ८ वर्षपछि फर्किइन निर्देशनमा

काठमाडौँ । संसदीय निर्वाचनको मिति नजिकिँदै छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापालाई अहिले राजनीति प्रति कुनै चासो छैन । उनी करिब आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी छन् । उनले आठ वर्ष अघि चलचित्र ‘मालिक’ निर्देशन गरेकी थिइन् । उनी यस पटक निर्वाचनमा आफ्नो नयाँ चलचित्रको निर्देशनमा व्यस्त रहने छिन् ।

नयाँ नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को उनले निर्देशन गर्न लागेकी हुन् । महाशिवरात्रिको शुभ अवसर पारेर यो चलचित्रको आइतबार काठमाडौँमा एक समारोहबिच औपचारिक निर्माण घोषणा गरियो ।

‘हिम्मत वाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो आफेनो तेस्रो निर्देशकीय चलचित्र हुने घोषणा समारोहमा बताइन् । आफ्नो ब्यानरमा हाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘३६ को आँकडा’मा आफू नायिका र निर्माता भएका कारण त्यसको निर्देशकीय जिम्मेवारी सविर श्रेष्ठलाई दिएको पनि उनले कार्यक्रममा प्रकाश पारिन् । यस चलचित्रले प्रेमकथामार्फत सामाजिक भावनालाई उजागर गर्ने निर्देशक रेखाले कार्यक्रममा जानकारी गराइन् ।

पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले यो चलचित्र नेपाली समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, ‘यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ । एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु ।’

‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्र ‘माया भनेकै यस्तो होला’लाई पत्रकार ध्रुव लम्सालले लेखेका हुन् । पारिवारिक प्रेम कथामा आधारित रहेर यसलाई तयार गरेको लम्सालले बताए ।

यो चलचित्रमा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । यस्तै यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहारी, राजाराम पौडेललगायतको पनि अभिनय रहने छ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुने र आगामी वर्षको तीजमा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।

सुदीप बराल डिओपी रहने यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरेको कोअर्डिनेसन, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप र सुमन तिवारीको प्रोडक्सन रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

विस्थापन र अतिक्रमणबीचको दबाबमा वन संरक्षण