वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ, को हुन उनी ?

काठमाडौं । सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि दुव्र्यवहार गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।

सोही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए ।

बहिनीसँग हिँडेका बम जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले बताए । बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलिनसकेको अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

चोरीको आरोप लागेका ४ भारतीय नागरिक पक्राउ