धनकुटाबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार

धनकुटा । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’को क्रममा धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार, गरि मानव सेवा आश्रम सुनसरी पठाइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए ।

उद्धार हुनेमा धनकुटास्थित मदनचोक क्षेत्रबाट लामो समयदेखि सडकपेटीमा अलपत्र अवस्थामा रहेका ३५ बर्षिय अमृत भनिने एकजनालाई आश्रम पठाइएको छ । त्यसैगरी, धनकुटाबाट नै ‘साहिल’ नाम बताउने ३६ वर्षका अर्का एक पुरुष र धनकुटा नगरपालिका–६ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा जीवनयापन गर्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारीलाई उद्धार गरी सुरक्षित रुपमा मानवसेवा आश्रम पठाइएको हो ।

मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरी सुरक्षित संरक्षणमा राखिएको तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ । मानवसेवा आश्रमले फागुन ३ गतेदेखि सुरु गरेको कोशी प्रदेशस्तरीय सहयोगापेक्षी सडक आश्रितहरूको उद्धार यात्रा फागुन १६ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

आश्रमले उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य निरन्तर जारी राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

फिफा विश्वकपः कतै गोल वर्षा, कतै खडेरी