मुस्ताङ विकासका तीन नीति उनेपाले मात्रै कार्यान्वयन गर्न सक्छ

मुस्ताङ विकासका तीन नीति उनेपाले मात्रै कार्यान्वयन गर्न सक्छ

चिकित्सा पेसामा क्रियाशील अवस्थामा राजनीतिज्ञका रूपमा मुस्ताङबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पेसा नै छाडेर किन राजनीतिमा होमिनुभयो ?
२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । यो चुनाव नियमित भन्दा डेढ वर्ष अघि र २३ र २४ भदौको नवयुवा पुस्ताको विस्फोटक विद्रोह पछिको राप तापमा हुन लागिरहेको छ । यसको सन्देश छ– आजको राजनीतिक मुद्दा भ्रष्टाचारमुक्त राजनीतिक नेतृत्वलाई स्थापित गराउनु हो अर्थात् नयाँ राजनीतिक शक्तिहरूलाई स्थापित गराउनु हो ।

नयाँ शक्तिको अर्थ हुन्छ राजनीतिलाई पेसा बनाएकाहरूबाट वा कोरा सिद्धान्त फलाक्ने राजनीतिकर्मीबाट अब देश उँभो लाग्न सक्दैन । बरु कुनै क्षेत्रमा दक्षता प्राप्त र कामबाट परिणाम दिन सफल तथा उच्च राजनीतिक चेतयुक्त व्यक्तित्वहरू मूल प्रवाहको राजनीतिमा आउनु पर्दछ भन्ने जनमानसमा विकास भएको भाव हो ।

यसको ज्वलन्त उदाहरण कुलमान घिसिङ हुनुहुन्छ । सोही पदचापमा हिँड्दै मैले पनि आफ्नो चिकित्सा क्षेत्रमा विज्ञता भएको स्वास्थ्य क्षेत्रमा परिणाममुखी कार्य गरेको उच्च राजनीतिक चेतले युक्त भएकोले देशको नयाँ राजनीतिक कोर्सले मागे अनुसार मैले पनि आफ्नो जन्मथलो, पितृ थलो मुस्ताङबाट उज्याले नेपाल पार्टीको तर्पmबाट उम्मेदवारी दर्ता गराएको हुँ ।

मुस्ताङमा कि बाठाले कि धेरै आर्थिक चलखेल गर्नसक्नेले मात्र चुनाव जित्छन् भन्ने भाष्य जर्वजस्त रूपमा स्थापित छ । यसलाई चिर्न तपाईँका योजना के छन् ?
धेरै हदमा यो भनाइमा सत्यता पनि छ । तर काली गण्डकी नदीमा धेरै पानी बगिसकेको छ । चुनावमा लड्न धेरै धनराशि खर्च गर्ने र चुनाव जितेर गएपछि शोधभर्ना गर्ने मात्र होइन, कमाइको साधन बनाउने राजनीतिक संस्कारले नै भ्रष्टाचारमा डुबेको राजनीतिक नेतृत्व र सुशासनको अभावले जन्माएको चरम निराशा र आक्रोशले नै भाद्र २३ र २४ गतेको असाधारण राजनीतिक संकट निम्त्याएको हो भन्ने म ठान्दछु ।

परम्परागत र पुराना राजनीतिक पार्टीहरू जो यस्तो संस्कार हुर्काउनमा जिम्मेवार छन्, तिनको सरकार मार्पmत यो चुनाव हुने होइन । यिनीहरू सरकार बनाउने अवस्थामा पनि छैनन् भलै आत्म आलोचित र सच्चिने मार्ग समातेका दलहरू प्रतिपक्षमा रहने छन् । अहिलेका राजनीतिक लडाई नै भ्रष्टाचारमुक्त शक्तिलाई स्थापित गराउनु भएकोले पनि परिस्थितिले कोल्टे फेरेको आम मानिसले महसुस गरेका छन् ।

मुस्ताङको राजनीतिमा होमिनै पर्ने बाध्यता चैँ कसरी आइलाग्यो ? के विषयले तपाईँलाई यतातिर आउन बाध्य पा¥यो ?
मुस्ताङ मेरो जन्मथलो, पितृ थलो हो । यसप्रति मेरो अगाध माया र विश्वास छ । आफ्नो विषयगत विज्ञता, सफल कार्यकाल र उच्च राजनीतिक चेतले मात्र होइन मुस्ताङको विकासमा स्पष्ट खाका समेत बोकेको हुनाले मलाई मुस्ताङको राजनीतिमा लाग्न प्रेरित गरेको हो ।

सांसदका रूपमा तपाईँका नीतिगत र विकासका खाका कस्ता छन् ?
यी प्रत्येक क्षेत्रमा परिवर्तन र रूपान्तरण गरेर मात्र मुस्ताङको विकास गर्न सकिन्छ । उदाहरणको लागि स्वास्थ्य क्षेत्रको कुरा गरौँ । पुरा जिल्लाको लागि एक पचास शय्या क्षमताको आधुनिक अस्पताल जहाँ मल्टी स्पेशियालिटी सेवा उपलब्ध हुनेछ । हरेक गाउँपालिका केन्द्रमा सकेमा हप्तामा एक पल्ट नत्र महिनामा एक पल्ट मल्टी स्वेशियालिटी स्वास्थ्य सेवा उपलब्ध हुनेछ । स्वास्थ्य बजेटको ५०% भाग स्वास्थ्य सम्बद्र्धन र रोगको रोकथाम गर्ने जनस्वास्थ्य गतिविधिमा खर्च गरिनेछ ।

मातृ शिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा आफ्नै घरमा उपलब्ध हुनेछ । उपयुक्त रेफरल सेवा र आकस्मिक सेवा विकास गरिनेछ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय हुनेछ ।

प्रत्येक वडामा स्वास्थ्य चौकी हुनेछ, प्रत्येक गाउँपालिका तहमा पाँच देखि दश शय्या क्षमताको स्वास्थ्य केन्द्र हुनेछ । यसै प्रकारले हरेक विकासका आधार स्तम्भमा परिवर्तन रूपान्तरण गरिनेछ ।

दोस्रोः “मुस्ताङ गाउँपालिका मञ्च” गठन गरेर एकीकृत विकास योजना लागू गर्नुपर्छ । विकासमा तीव्र गति दिन यस्तो संरचना आवश्यक छ । यो एक विधानअन्तर्गत सञ्चालन हुनेछ ।

यसका केही प्रमुख पक्ष छन् । हरेक गाउँपालिका अध्यक्षले एक–एक वर्ष यो संरचनाको अध्यक्षता गर्नेछन् । प्रत्येक गाउँपालिकाका लागि कमसेकम एक विकासका आधार स्तम्भ केन्द्र हुनेछ । जस्तैः घरपझोङमा आधुनिक ५० शय्या क्षमताको अस्पताल, थासाङमा उच्च माध्यमिक र स्नातक तहको शैक्षिक संस्था, लोमान्थाङमा जिल्ला पर्यटन बोर्डको केन्द्र स्थापना; ल्हो घेकेर दामोदर कुण्डमा सञ्चार केन्द्र स्थापना (एफ.एम. रेडियो, टिभी च्यानल सञ्चालन) आदि ।

मुस्ताङ गाउँपालिका मञ्चको बजेट हरेक गाउँपालिकाको १० प्रतिशत विकास बजेट मिलाएर बन्नेछ र प्रत्येक केन्द्रमा सञ्चालन हुने विकास आधार स्तम्भ आयोजनामा लगानी हुनेछ । विकास आधारस्तम्भहरुको नीति, योजना निर्माण, बजेट बाँडफाँड, नियमन मुस्ताङ गाउँपालिका मञ्च सभाबाट निर्धारित हुनेछन् । यस मञ्चको बैठक कम्तीमा २ पल्ट हुनेछ । पहिलो बैठक आर्थिक वर्ष सुरु भएको पहिलो ३ महिनाभित्र र दोस्रो बैठक आर्थिक वर्षको अन्तिम ३ महिना अगाडि बस्नेछ ।

तेस्रो चैँ विकास आयोजनाका लागि आर्थिक स्रोत वा लगानी जुटाउने जुक्ति हो । यसमा परम्परागत स्रोतभन्दा २ मुख्य जुक्तिहरू कार्यान्वयन गरिनेछ ।

पहिलो, मुस्ताङको हितमा रहेका प्रस्तावित नव प्रबद्र्धनका प्रस्तावहरूलाई आकर्षक सुविधाहरू प्रदान गर्ने मात्र होइन, मुस्ताङको प्रतिष्ठित नागरिकको रूपमा सम्मान गर्ने । र दोस्रो मुस्ताङमा रहेको बहुमूल्य खानीको उत्खनन, प्रशोधन, उत्पादन र बजारीकरणमा त्रिदेशीय (नेपाल, भारत र चीन) संयन्त्रमार्पmत् अगाडि बढ्ने । यसको लगानी र लाभांश एक–एक तिहाइ हुनेछ भने नेपालले पाउने लाभांशबाट मुस्ताङ गाउँपालिका मञ्चले १० प्रतिशत भाग पाउने नीति सुनिश्चित गरिनेछ । मुस्ताङ गाउँपालिका मञ्चको संरक्षक भने मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सांसद हुनेछन् । उनकै नीतिगत मार्गदर्शनमा मञ्च संचालन हुने व्यवस्था गर्नुपर्छ ।

८ वटा राजनीतिक दलका उम्मेदवार मैदानमा छन्, तीमध्ये तपाईँलाई नै मतदान गर्नुपर्ने आधार र कारण के हुन? किन तपाई लाई नै मत हाल्ने ?
एमाले वर्तमान राजनीतिक परिदृश्यमा केपी ओलीका कारण पश्चगामी राजनीतिक शक्ति वा वर्तमान राजनीतिक संकटको खलनायकको रूपमा दरिएको यथार्थ हो । एमालेका उम्मेदवारले जितेर केही फाइदा मुस्ताङले पाउन सक्दैन । ’cause वर्तमान सन्दर्भमा न सरकारमा हुनेछ न प्रतिपक्षको भूमिका नै हुनेछ । एमालेका उम्मेदवारले नव युवा पुस्ताको आन्दोलन, भाद्र २३ गतेको नरसंहार र २४ गतेको विध्वंसकारी विद्रोहलाई हेर्ने दृष्टिकोणलाई केलाउनुभयो भने इतिहासको प्रगति र अवनति कुन कित्तामा हुनुहुन्छ, स्पष्ट हुनेछ ।

नेपाली काँग्रेसकै कारण नेपालमा असाधारण संकट उत्पन्न भयो । आत्म केन्द्रित र दम्भी स्वभावका ओलीलाई काँध थापेर हिँड्ने नेपाली काँग्रेस पनि हो । त्यसैले आगामी दिनमा नेपाली काँग्रेसले सरकार बनाउने कुरा हुन सक्दैन ।

रास्वपा रवि लामिछानेद्वारा पोषित पार्टी हो । रवि स्वयं कानुनी झमेलामै छन् । बालेन शाहजस्ता अन्तरमुखी दम्भी स्वभाव भएका व्यक्तिले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूलाई सन्तुलनमा राखेर देश हाँक्छन् भनेर विश्वास गर्नु अर्को भूल हो ।

उज्यालो नेपाल पार्टी मात्र यस्तो पार्टी हो, जो पेशेवर राजनीति, कोरा सिद्धान्त फलाक्ने राजनीति भन्दा पर बसेर इमानदार र सक्षम व्यक्तित्वहरू राजनीतिमा आउनुपर्छ भनेर वकालत गरिरहेको छ । केन्द्रमा सशक्त भूमिका खेल्ने मुस्ताङको विकास खाकालाई मूर्त रूप दिन सक्ने, इमानदार र सक्षम प्रतिनिधि यही पार्टीले मात्र दिन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित