राजनीतिले सही गन्तव्य पहिल्यायो भनेमात्र अन्य नीतिले पनि स्वतः लय पकड्न्छन् । त्यसैले भनिन्छ, ‘राजनीति सबै नीतिका पनि नीति हो ।’ अर्थात्, नीतिका राज नै राजनीति मानिन्छ । तर, हामीकहाँ राजनीति कहिल्यै सरल रेखामा आउन सकेको देखिएको छैन । देश सधैं राजनीतिक प्रयोगशाला बन्दै आएको लाग्छ । नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले कुनै बेला भनेका थिए, ‘राजनीतिमा सानो मान्छेले पनि कपडा लगाउनुपर्छ, साहित्य जतिसुकै ठूलो भए पनि निर्वस्त्र हुनुपर्छ ।’ तर हामीकहाँ राजनीति सधैं निर्वस्त्र नै देखियो । न्यूनत्तम मापदण्डसमेत राजनीतिमा पालना गरिएको देखिएन । यद्यपि, राजनीति सम्भावनाको खेल हो । तर, यसो भन्दैमा राजनीतिमा ‘जे पनि स्वीकार्य हुने’ छुट नहुनुपर्ने हो । न्यूनत्तम इमान राजनीतिमा पनि हुनैपर्छ । हामीकहाँ २०४६ सालको बहुदलीय व्यवस्था पुनस्र्थापनापछिको राजनीति कहिल्यै पनि इमान, जमान र नीतिमा चल्न सकेन । त्यसपूर्व सबै ठीक थिए भन्ने आशय यस पंक्तिकारको होइन । ठीक नभएर नै जनआन्दोलन भएर बहुदलीय व्यवस्था लागू भएको हो ।
व्यक्तिगत कुण्ठा, इष्र्या, डाह र आत्मरतिमै यसबीचको राजनीतिक गतिविधिकेन्द्रित रह्यो । व्यक्तिपरक चाहना नै नेपालको राजनीतिको मुख्य उद्देश्य बन्न पुुग्यो । यसैको नवीन संस्करणका रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिन सकिन्छ । राजनीतिमा इमान हराएपछि जे हुनुपर्ने थियो, अहिले त्यही भएको छ, त्यही देखिएको छ । खासगरी, सत्तासीन दलको दम्भ र नयाँ भनिएका पार्टीको ‘अति व्यक्तिवादी’ कुण्ठाको परिणाम बेमौसमी निर्वाचनमा देश होमिन परेको छ । बहुमत प्राप्त सरकार भएर पनि व्यवस्थापकीय कौशलता अभावमा दुुई वर्षअगावै देश निर्वाचनमा होमिन पुुगेको छ । अनायास अकल्पनीय घटना निम्तिएको अवस्थामाबाहेक अब देश निर्वाचनमय भइसकेको छ ।
निकास के त ?
यो निर्वाचन केका लागि ? यसले के निकास दिन सक्छ ? कसैलाई पनि थाहा छैन । भइरहेको एउटा घर, जसको समयावधि बाँकी थियो, त्यसलाई भत्काएर पुनः उस्तै घर बनाउने रहरका रूपमा आसन्न निर्वाचनलाई लिन सकिन्छ । यद्यपि, त्यो घरभित्र यसअघि एकथरी मान्छे बस्थे, अहिले केही फेरिएर बस्लान्, कुरा यत्ति हो । ’cause जेनजी आन्दोलन कुशासनविरुद्ध भएको थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाका लागि भएको थियो, जेनजी विद्रोह । भइरहेको प्रतिनिधिसभा भंग गरेर हुुबहुु त्यही सभा निर्वाचन आन्दोलनको माग थिएन । तर, तत्कालीन सरकारले सुरुमा आन्दोलनलाई कम आकलन गर्ने काम र जेनजीका नाममा बाह्य तत्व घुसपैठसँगै भयो, जसको कारण आन्दालन सोचेभन्दा धेरै पर गयो । यही प्रतिनिधिसभा, उस्तै निर्वाचन, उस्तै संरचना र उही संविधानभित्रको यो जालझेल अनावश्यकमात्र थिएन, औचित्यहिन पनि थियो । तैपनि केही स्वार्थ समूहको लहडमा देश यहाँसम्म आइपुुग्यो । निर्वाचनपछि ‘देशको अवस्था ठीक भइहाल्छ’ भन्ने कुनै आधार कसैसँग पनि छैन ।
ऐतिहासिक विरासत
जनताले गरेको लामो समयको संघष, माओवादीको १० वर्र्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसमेतको उपलब्धि थियो– संविधानसभाबाट संविधान निर्माण । पहिलो संविधानसभाले संविधान दिन नसके पनि दोस्रो संविधानसभाको कार्यकालमा २०७२ सालको भूकम्पबाट सबै राजनीतिक दल एकठाउँ उभिएका थिए । विभिन्न मतान्तरकाबीच भारी बहुमत (९० प्रतिशतभन्दा बढी)द्वारा नेपालको संविधान २०७२ जारी गरिएको थियो । तर, आज सो संविधानमाथि पनि समीक्षा गर्ने अवस्था आएको छ । कतिपय अवस्थामा निकासका लागि संविधान बाधक बनेको तर्क राजनीतिक वृत्तमा सुनिँदै आएको छ ।
२०५१ सालमा नेपाली कांग्रेसको बहुमतीय सरकार सञ्चालन गर्न नसकेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनमा गएका थिए । ‘अवधि नपुग्दै केका लागि निर्वाचन ?’ भन्दै जनताले प्रश्न गर्दा ‘सदनमा एमालेले अवरोध ग¥यो, सदन चल्न दिएन, सडकमा पनि ढुंगामूढा ग-यो, यसकारण ताजा जनादेशका लागि चुनावमा जानुप¥यो’ भनी कोइरालाले ‘सफेद’ झूठ बोलेका थिए । त्यसको परिणाम उनी आफैंले भोगे । उनको दल बहुमतमा थियो । मध्यावधिपछि दोस्रो बन्यो ।
सबैभन्दा ठुलो पार्टी सानोमा खुम्चिनुप¥यो । हुँदाखाँदाको सरकारबाट हटेर प्रतिपक्षमा बस्नुप¥यो । यसपछि विगतमा बहुदलका लागि जुन शक्तिसँग आजीवन संघर्ष गर्नुपरेको थियो, तिनै शक्तिलाई सरकारको नेतृत्व दिएर आफू उनैको पिछलग्गु बन्दै सरकारमा सहभागी हुनुप¥यो । पालैपालो सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर आफूहरू उनैको नेतृत्वमा गठित मन्त्रिमण्डलमा सहभागी हुन पुुगे । सांसद खरिदविक्री काण्ड, पजेरो संस्कृति आरम्भ आदिको जग यही बहुमतीय सदन भंग र कुबेलाको मध्यावधि थियो ।
२०५१ सालमा नेपाली कांग्रेसको बहुमतीय सरकार सञ्चालन गर्न नसकेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनमा गएका थिए । ‘अवधि नपुग्दै केका लागि निर्वाचन ?’ भन्दै जनताले प्रश्न गर्दा ‘सदनमा एमालेले अवरोध ग¥यो, सदन चल्न दिएन, सडकमा पनि ढुंगामूढा ग¥यो, यसकारण ताजा जनादेशका लागि चुनावमा जानुप¥यो’ भनी कोइरालाले ‘सफेद’ झूठ बोलेका थिए । त्यसको परिणाम उनी आफैंले भोगे । उनको दल बहुमतमा थियो । मध्यावधिपछि दोस्रो बन्यो । सबैभन्दा ठुलो पार्टी सानोमा खुम्चिनुप-यो । हुँदाखाँदाको सरकारबाट हटेर प्रतिपक्षमा बस्नुप-यो ।
‘गिरिजा पथ’लाई नै अनुशरण गर्दै त्यसपछि धैरैपटक प्रतिनिधिसभा भंग भएका उदाहरण छन् । पछिल्लोपटक गत २७ भदौमा बहालवाला प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा सो सभा भंग भइ निर्वाचन प्रक्रिया अघि बढेको हो । यसअघि, नेकपा एमाल नेतृत्वमा नेपाली कांग्रेससम्मिलित झन्डै दुुईतिहाइनजिकको सरकार थियो । तर, जेनजी विद्रोहकै कारण सरकारले राजीनामा दियो । सदनले नचिनेको पात्रलाई प्रधानमन्त्री बनाइयो । उनकै सिफारिमा सदन भंग भयो ।
सो कदमलाई ‘गैरसंवैधानिक’ भन्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ । आगामी २२ फागुनलाई सामान्य तारेख तोकिएको छ । २१ फागुनमै निर्वाचन हुने भएकोले सम्भवतः सो रिटको औचित्य सकिएको नै मान्नुपर्छ । हामीकहाँ किन पटकपटक पूर्ण बहुमतको सरकार टिक्न सक्दैनन ? बारम्बार प्रतिनिधिसभा भंग किन गरिन्छन् ? बहुमत धान्न नसक्नेले खोजेको ताजा जनादेश केका र कसका लागि हो ? यो प्रश्न आफैंमा अनुत्तरित छ । चुनावपछि साँच्चैको बहुमतको सरकार बन्छ त ? बन्यो भने पुनः पाँच वर्ष टिक्छ त ? विगतले त यसो भन्दैन । यी सबका कारण राजनीतिमा मौलाएको बेथिति र हराउँदै गएको इमान नै हो ।
गाली गलौजको पराकाष्ठा
जब तर्क, विवेक र बुद्धिले काम गर्न छाड्छन्, तब मानिस गाली–गलौजमा उत्रिन्छन् । त्यो पनि नितान्त व्यक्तिगत र न्यूनस्तरमा । अहिले हाम्रा राजनीतिक दलबीच यस्तै जुहारी चलेको छ । दिनहुँजसो देखिने–सुनिने भाषणमा एकअर्कालाई व्यक्तिगतस्तरमा गएर जसरी तथानाम गाली–गलौज गरिरहेका छन्, त्यसबाट उनीहरूको राजनीतिक कद निकै झरेको सहजै अनुमान गर्न सकिन्छ । राजनीतिमा नीति हुन्छ, लक्ष्य हुन्छ , कार्यक्रम हुन्छ । यहाँ त नितान्त व्यक्तिगत तवरले गालीका वर्षा गरिएको पाइन्छ । जसलाई संस्कारहीन राजनीतिको संज्ञा दिन सकिन्छ । यो हदको बेइमान राजनीतिमा कल्पनासम्म गरिँदैन ।
भारतमा एउटा समय यस्तो जुनबेला भाजपा नेता र कार्यकर्ताले प्रधानमन्त्री इन्दिरा गान्धीलाई अपशब्द भन्ने गर्थे, ‘इन्दिरा गान्धी…है’ आदि । पछि, जब पाकिस्तानसँग युद्ध भयो, भाजपाकै नेता अटलविहारी वाजपेयीले इन्दिरालाई ‘दुर्गा मा’ भन्न थाले । तल्लो तहका कार्यकर्ता हेरेको हे¥यै भए । त्यसो हुँदा गालीको राजनीतिमा कुनै मूल्य हुँदैन । अहिले हामीकहाँ भारतीय दलाल, ‘र’का एजेन्ट, विदेशी गुप्तचर, लुसिफर आदि के–के हो के के भनेर चरित्रहत्या गर्न थालिएको पाइन्छ । यहाँनेर पनि राजनीतिक इमान दलले पालना गरेको देखिँदैन । यो वास्तवमा असभ्यता हो । महत्वपूर्ण पदमा बसिसकेका यति नझर्दा राम्रो हुने थियो । नेपालका ‘शीर्ष’ भनिने नेतामै यसप्रकारको चरित्र देखिनु राष्ट्रकै लागि लज्जाको विषय हो ।
सन् १८०० को अमेरिकी राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार एडम्सलाई ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । क्लिनटनसँग आफ्नो लामो समयदेखि अवैध सम्बन्ध रहेको प्रकट गरिन् । क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताबिक उनले यो आरोप लगाएको प्रमाणित भयो । अन्ततः चुनाव क्लिन्टनले नै जिते । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पूर्वराष्ट्रपति क्लिन्टनको यौनलिप्सा’bout कुरा निकाले र इमेल प्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरे । यी दुुईले टेलिभिजन साक्षात्कारमा हातसम्म मिलाएनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा चुनावमा ‘खुनी पञ्जा’ भन्दै कांग्रेस आईको चुनाव चिह्नमाथि कटाक्ष गरे । प्रतिउत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई ‘चोर र लुटेराको गिरोह’ भन्नुका साथै ‘इन्डियन मुजाहिद्दिनको समूह’समेत भने । स्वयं मोदीलाई चुनावी मैदानमा ‘लो प्रोफाइल (चिया पसले)’, ‘साम्प्रदायिक’ भनेर टिप्पणी गरियो । केही वर्षअघि उत्तर कोरियाली विदेश मन्त्रालयले डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने बूढो मान्छे’ भनी टिप्पणी ग¥यो । जवाफमा ट्रम्पले उत्तर कोरियाली शासक (नेता) किम जोङ–उनलाई ‘आफूले पुट्के र मोटे नभन्ने’ बताए ।
अहिले नेपालका नेतामा यही आदत विकसित भएको देखिन्छ । यसबाट सबैभन्दा बढी हानी नेता स्वयंलाई हुनेछ । तर यो कुरा उनीहरू मान्न तयार छैनन् । त्यतिबेला जनता भिरमा जाने गोरुलाई ‘राम राम’ भने पनि काँध थाप्न भने सक्ने छैनन् । सायद आज जनताले खोजेको ‘नो भोट’ प्रावधानले यही आभाष गराउँछ । तसर्थ, राजनीतिमा न्यूनत्तम इमान हुनुपर्छ । संस्कार हुनुपर्छ । एउटा राजनीतिज्ञले उसका अनुुयायीलाई धेरै सकारात्मक व्यवहार सिकुुन् भन्न आफू पथप्रदर्शक बन्न सक्नुपर्छ ।
(लेखकको यो निजी विचार हो)






