तुलसीपुरमा बालेन र रविको फोटो भएको भेष्ट बरामद

तुलसीपुर । दाङको तुलसीपुरबाट प्रहरीले बालेनको फोटो छापिएका भेष्टहरु बरामद गरेको छ । निर्वाचन आचारसंहिता विपरित कार्य भएको भन्दै तुलसीपुरका विभिन्न पसलमा बिक्रीका लागि राखिएका ५१ थान भेष्टहरु प्रहरीले बरामद गरेको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार निर्वाचनलाई नै प्रभावित पार्ने गरी कुनै पनि उम्मेदवारको फोटो, चुनाव चिन्ह भएको टोपी, भेष्ट, टिसर्ट प्रयोग गर्न नपाइने भएकाले उम्मेदवारको फोटो भएको भेष्ट बरामद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

फागुन १८ गते पर्ने होली पर्व लक्षित भेष्ट बजारमा ल्याए पनि यसले २१ गते हुने प्रतिनिधि सभा सदस्को निर्वाचनलाई प्रभावित पार्ने भन्दै बरामद गरिएको हो । म नेपाल हाँसेको हेर्नु चाहन्छु र ह्यापी होली लेखेका बालेन र रविका फोटो सहितका भेष्टहरु बजारमा बिक्रीमा लागि सजायर राखेको देखेपछि प्रहरीले कडाई गरेको हो ।

प्रहरीले उम्मेदवारको फोटो राखिएका भेष्टहरुको खोजी कार्य तीब्र पारेको छ । यसैवीच प्रहरीले निर्वाचनलाई प्रभावित पार्ने गरी उम्मेदवारको फोटो वा चुनाव चिन्ह अंकित ज्याकेट, भेष्ट, टिसर्ट, क्याप देखेममा प्रहरीलाई सूचना दिन पनि आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य