दार्चुलामा आचारसंहिता उल्लङ्घनका छ उजुरी

दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् ।

हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्ना’bout उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिए । दाहालकाअनुसार यसअघि नै आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २५ जनामाथि मौखिक स्पष्टीकरण सोधि सकिएको छ ।

निर्वाचनको समयमा मतसर्वेक्षण गरेको, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्रचार गरेको जस्ता घटनामा मौखिक स्पष्टीकरण सोधिएको हो । त्यसैगरी ठूलो आवाजमा गीत बजाएको, अनावश्यक ब्यानर लगाएको विषयमा स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

उनले पहिलो चरणमा मौखिक रूपमा स्पष्टीकरण सोधेकामा अब प्राप्त उजुरीमा भने आयोगले लिखितरूपमै स्पष्टीकरण सोध्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य