विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको बताए । उनले सुरक्षा रणनीतिअनुसार संवेदनशील, अतिसंवेदनशील स्थान र सुरक्षा चुनौतीको आकलन गरी विशेष निगरानी तथा प्रहरी परिचालन गरिने उहाँले जानकारी दिए ।
कार्यालय प्रमुख घिमिरेका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशमा १२ हजार नेपाल प्रहरी, २३ हजार निर्वाचन प्रहरीलगायत जनशक्ति परिचालन हुनेछन् ।
निर्वाचनमा दुई हजार ५६१ सशस्त्र प्रहरी र सशस्त्रका तर्फबाट पाँच हजार ६४९ निर्वाचन प्रहरी परिचालन भइसकेका सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेशमा २८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । यहाँ ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन्, जसमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता रहेका छन् । निर्वाचन कार्यालयका अनुसार कोशीमा चार हजार २७० मतदान केन्द्र र एक हजार ९०७ मतदानस्थल छन् ।
सम्बन्धित समाचार
मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन
फेरि संसद्मा पुग्छन् त सुहाङ ?
जित्ने दाउमा निष्कल
गुल्मी–१, आलोपालोको निरन्तरता कि ब्रेक ?
पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक
प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध






