मधेशमा ५ वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी

सर्लाही । नेपाल कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षभित्र मधेशका दलित तथा विपन्न घरपरिवारको बस्तीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धामा हिडिरहँदा मधेशका दलित तथा विपन्न परिवार र बस्ती अबको ५ वर्षमा पुर्ण रुपमा परिवर्तन हुने दाबी गरेका हुन् ।

सर्लाहीको दलित तथा विपन्नको अवस्था हेर्दा यस्तो होला भन्ने आफूले कल्पनासमेत नगरेको थापाले बताए । त्यस्तै उनले मधेशको शिक्षा, कृषि र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको ५ वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । “मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,” उनले भने ।

यसैगरी कृषि क्षेत्रमा देखिएको मलखाद अभाव र बिचौलियाको समस्या’bout बोल्दै थापाले अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने बताए । बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गरिने उनको भनाइ छ।

यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै “हावा हुण्डरीमा एकछिन अडिक हुन्” मतदातासँग आग्रह गरे । २०६४ सालमा पनि यस्तै राजनीतिक लहर आएको तर अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्दै अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने उनले दाबी गरे ।

थापाले परिवर्तनका लागि सबै राजनीतिक शक्तिको सहकार्य आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस, नेकपा एमाले अन्य कम्युनिस्ट तथा मधेसवादी दलहरूको सहयोग आवश्यक पर्ने धारणा राखे । संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दीगो परिवर्तन सम्भव नहुने उनको भनाइ थियो।

देशको समग्र विकास’bout बोल्दै थापाले “कांग्रेसको मुद्दा देशलाई पाँच वर्षमा तीव्र गतिमा बिना दुर्घटना अघि बढाउनु हो” भने। २०४६ सालपछि भएका राजनीतिक गतिविधि र व्यक्तिहरूको छानबिन गरिने दाबी गर्दै उनले छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने बताए ।

नेपालमा ५ लाख युवामा ५० हजारले मात्र रोजगारी पाएको छ । बाकी साढे ४ लाखलाई पाँच वर्षमा प्रत्येक वर्ष ५० हजार युवाले रोजगारी पाउने थापाले दावी गरे । युवाहरूमा पुराना पार्टीप्रति असन्तुष्टि रहेको स्वीकार गर्दै थापाले विचार र नेतृत्वमा परिवर्तन ल्याएर युवामैत्री कांग्रेस निर्माण गरेको दाबी गरे । “युवाको विचारअनुसार बदलिएको कांग्रेसलाई मतदान गर्न म आग्रह गर्छु,” उनले भने ।

यस्तै बिचौलियाको हटाई किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने सभापति थापाको दाबी गरे । यस्तै नेपाली कांग्रेसका सभापति थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने दाबी गरे ।

उनले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिए । “बैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादन’bout जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ”, थापाले भने ।

यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गतिसमेत तीव्र हुने उनको विश्वास छ । थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबीसमेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता