तेहरान । अमेरिका–इजरायल आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको पुष्टि गरेको छ । अलजजिराका अनुसार इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई सीधा निशाना बनाएको जनाएको हो ।
मध्यपूर्वका विभिन्न देशमा अमेरिकाले सैन्य अखडा राखेको छ । इरानले ती अखडालाई निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन् । सबैभन्दा असर दुबई,कतार र बहराइनमा देखिएको छ ।
इरानको सरकारी वक्तव्यअनुसार अमेरिका आफ्नो भूभाग र नेतृत्व संरचनामाथि भएको आक्रमणमा प्रत्यक्ष संलग्न रहेको निष्कर्षपछि क्षेत्रभर रहेका अमेरिकी सैन्य अखडालाई लक्ष गरिएको हो ।
प्रतिआक्रमण विशेषगरी अमेरिकी सैन्य संरचना रहेका खाडी अरब राष्ट्रहरू—कतार, बहराइन, कुवेत तथा यूएईस्थित अड्डाहरूतर्फ केन्द्रित गरिएको बताइएको छ । ती देशहरूमा अमेरिकी वायुसेना, नौसैनिक र मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ छन्।
स्थानीय सञ्चारमाध्यमहरूले केही क्षेत्रमा विस्फोटका आवाज सुनिएको तथा हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको उल्लेख गरेका छन् । यद्यपि क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।
खाडी क्षेत्रका सरकारहरूले आपतकालीन सुरक्षा सतर्कता बढाएका छन् भने युएइइलगायत केही देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेका छन् । नागरिकलाई अनावश्यक आवागमन नगर्न समेत आग्रह गरिएको छ ।एजेन्सी
सम्बन्धित समाचार
‘प्रधानमन्त्री’ प्रस्तावित हर्क–बालेन सुस्त
बंगलादेशको प्रधानमन्त्री तारिक रहमान नियुक्त
ललितपुर क्षेत्र नम्बर–१: आठौंपटकका कांग्रेस उम्मेदवारविरुद्ध पाँचौं जितको दौडमा एमाले
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
सरकारको वित्तीय रणनीतिविपरीत दलका बाचा
प्रतिनिधिसभाका निलम्बित पूर्व‘माननीय’ माधव–रवि मैदानमा, केही फरार, कोही जेलमा
रौतहट–३ मा दुई पूर्वमन्त्री प्रधिस्पर्धामा
लमजुङमा विरासत धान्ने र तान्नेबीच प्रतिस्पर्धा






