गुपचुप छायांकनमा ‘कल्की–२’, अमिताभले पुरा गरेर छायांकन

मुम्बई । अभिनेता अमिताभ बच्चनले अर्का अभिनेता कमल हासनसँगको तस्बिर सेयर गर्दै ‘कल्की २८९८ एडी’ को सिक्वेलको छायांकन सम्पन्न गरेको बताएका छन् । उनले यो चलचित्र निर्माण भइरहेको नयाँ अपडेट दिएका छन् । निर्माण पक्षले यस अघि चलचित्र निर्माण गर्ने भने पनि छायांकनको कुरा बाहिर ल्याएको थिएन ।

अमिताभ बच्चनले ‘कल्की २८९८ एडी’ पहिलो सृंखलामा शक्तिशाली र रहस्यमय अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए । उनको भूमिका फिल्मको सबैभन्दा महत्त्वपूर्ण मध्ये एक थियो। उनले कमल हासन, प्रभास, दीपिका पादुकोण र दिशा पटानीसँग यसमा अभिनय गरेका थिए । यस पटक पनि उनले यो चलचित्रमा यिनै कलाकारसँग काम गरेको छन् । जसमा दक्षिण भारतीय अभिनेता विजय देवेराकोन्डा लगायत अन्य केही प्रभावशाली कलाकार पनि जोडिएका छन् ।

यसरी अमिताभ बच्चनले ‘कल्की २८९८ एडी’ को सिक्वेलको छायांकन पूरा गरिसकेका समाचार आएको छ । यद्यपि, निर्माताहरूले अहिलेसम्म चलचित्रको ’boutमा कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्। उनीहरूले गुपचुप छायांकन गरिरहेका छन् । यो चलचित्रलाई ‘कल्की २’को नाम दिइएको छ । कमल हासन यस पटक पनि यो चलचित्रका मुख्य भूमिकामा रहेका छन् ।

१२३ तेलुगुका अनुसार, अमिताभ बच्चनले यो चलचित्रमा आफ्नो भूमिकाको छायांकन पूरा गरिसकेका छन् र त्यसपछि मुम्बई गएका हुन्, जबकि बाँकी कलाकारहरू हाल छायांकनमा व्यस्त छन् ।

यसैबीच, अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन्, ‘घर भनेको घर हो र यो भावनाले भरिएको छ । घर केवल भित्ता र छानाको संरचना मात्र होइन, यो आराम, आफ्नोपन र सुरक्षाको ठाउँ हो ।’

अमिताभले थप लेख्दै आफू यस अघि ‘कल्की २’ को छायांकनको लागि हैदराबादमा भएको जनाए । अब, आफू फेरि आफ्ना शुभचिन्तकहरूलाई भेट्न सक्षम हुने उनले ब्लगमा बताएका छन् ।

आइतबार बिहान अभिनेताले आफ्नो घरको बाल्कोनीबाट गुलाबको फूलको तस्बिर पनि साझा गरेका छन् । अमिताभ बच्चनको ब्लगबाट लाग्छ कि उनी यति बेला घरमा रमाइरहेका छन् ।

अमिताभ बच्चन हरेक आइतबार आफ्नो घर जलसा बाहिर आफ्ना फ्यानहरूलाई भेट्छन् । यद्यपि, उनले अघिल्लो आइतबार आफ्ना फ्यानहरूलाई भेट्न सकेनन् । त्यो दिन प्रशंसकहरू उनलाई नदेखेर निराश भएर फर्केका थिए । आफ्नो ब्लगमा यस’bout बताएका थिए कि, उनले छायांकनका कारण गत साता फ्यानहरूलाई भेट्न सकेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध