कालोबजारीको आरोपमा ५ लाखको गुटखासहित व्यापारी पक्राउ

सप्तरी । कालोबजारी गरेको आरोपमा अवैध गुटखा (पान मसाला) सहित प्रहरीले एक जना व्यापारीलाई पक्राउ गरेको छ ।

अवैध रुपमा ल्याई ५ लाख मुल्य बराबरको गुुटखा गोदाममा लु्काई छिपाई कालोबजारीमा संलग्न रहेको आरोपमा राजविराज ७ स्थित धर्मराज टे«डर्सका संचालक ४२ बर्षीय मनोज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले जारी गरेको निर्देशन विपरीत लकडाउनका बेला अवैध सामग्री ओसार पोसार गरी कालोबजारी गरिरहेको आरोपमा उनलाई नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले बताए ।

पसल संचालक साहले गोदाममा लुकाई राखेको ५ लाख मुल्य बराबरको २ हजार ३ सय ५८ प्याकेट गुटखा समेत नियन्त्रणमा लिई आवश्यक कार्यवाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ