काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्गाड कुपिण्डे नगर समितिले प्रचारमा प्रयोग भएको गाडीबाट मदिरा र चामल बरामद भएको घटनामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
बन्गाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा रास्वपाको प्रचारमा हिँडेको गाडीबाट रक्सी र चामलका बोरा बरामद भएको भन्दै गरिएको प्रचार भ्रमपूर्ण रहेको जनाएका हुन्।
घटना’bout स्पष्ट पार्दै समितिले मदिरा र चामलजन्य सामग्री ल्याइएको गाडी चुनावी प्रयोजनका लागि प्रयोग भएको स्वीकार गरेको छ। तर ती सामग्री वितरणका लागि नभई गाडीधनीले व्यक्तिगत रूपमा वा स्थानीय व्यवसायीको सहयोगार्थ ढुवानी गरेको दाबी गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)






