रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

रौतहट । रौतहटमा एकैदिन ५६ जना कोरोना भाइरस(कोभिड १९) संक्रमित थपिएका छन । यो संगै रौतहटमा भारस संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।

शुक्रबार आएको रिर्पोटमा जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, बौधीमाइ नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना गरी ५६ जना नया संक्रमति थपिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले पुष्टि गरेका छन् । यस अघि हिजो सम्म १ सय २५ जना मात्रै संक्रमित थिए ।

१ हजार ५ जनाको स्वाब परिक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिएका छन् । अझै रौतहटको बिभिन्न स्थानिय तहका क्वारेन्टिनहरुमा ६ हजार ४ सय ३९ रहेका छन् । जसमा ३ सय ६ जना महिला रहेका छन् । भारतबाट दिन प्रतिदिन आउने क्रम बढेपछि रौतहटमा कोरोना संक्रमितको संख्या अझ बढन सक्ने फोकल पर्सन गुप्ताले जानकारी दिए ।

यता इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानिय र प्रहरी बिच दोहोरो झडप भएको छ । इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानिय र प्रहरी बिच झडप भएको हो । जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ