कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान

सुर्खेत । कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन।

हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४ वटा मतदान स्थलमा मतदान सुरु हुन नसकेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका ९५७ मध्ये १४ वटा मतदान स्थलमा भौगोलिक बनावट र चिसोका कारण मतदान थाल्न ढिलाइ भएको हो।

हुम्ला, डोल्पा र मुगुमा केही मतदान स्थलमा मदतादा पुग्न समय लाग्ने भएकाले सुरु हुन नसकेको सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै