४१ सिटमा रास्वपाको अग्रता, रञ्जु, विराज र तोसिमा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । पछिल्लो प्राप्त परिणाम अनुसार रास्वपाले देशभरका ४१ निर्वाचन क्षेत्रमा आफ्नो बलियो अग्रता कायम गरेको छ । जसमध्ये काठमाडौं र ललितपुरका ३ वटा मुख्य क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले गणना नसकिँदै जित दर्ता गरिसकेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने (दर्शना) ले आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयको झण्डा गाडेकी छन् । त्यस्तै , काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुर-३ मा डा. तोसिमा कार्कीले सानदार जित हासिल गरेका छन् । काठमाडौंका बाँकी ७ वटै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले फराकिलो अग्रता लिइरहेका छन् ।

विजयी उम्मेदवारहरू :
१. काठमाडौं–१ : रञ्जु न्यौपाने (विजयी)
२. काठमाडौं–८ : विराजभक्त श्रेष्ठ (विजयी)
३. ललितपुर–३ : तोसिमा कार्की (विजयी)

अग्रता लिइरहेका उम्मेदवारहरू :

  • काठमाडौं उपत्यका :
    • काठमाडौं–२ : सुनिल केसी
    • काठमाडौं–३ : राजुनाथ पाण्डे
    • काठमाडौं–४ : पुकार बम
    • काठमाडौं–५ : सस्मित पोखरेल
    • काठमाडौं–६ : शिशिर खनाल
    • काठमाडौं–७ : गणेश पराजुली
    • काठमाडौं–९ : डीपी अर्याल
    • काठमाडौं–१० : प्रदीप विष्ट
    • भक्तपुर–१ : रुकेश रञ्जित
    • भक्तपुर–२ : राजीव खत्री
    • ललितपुर–२ : जगदीश खरेल
  • पूर्वी र मध्य तराई :
    • झापा–५ : बालेन्द्र शाह (बालेन)
    • झापा–२ : इन्दिरा राना मगर
    • मोरङ–१ : यज्ञमणि न्यौपाने
    • मोरङ–३ : गणेश कार्की
    • मोरङ–४ : सन्तोष राजवंशी
    • मोरङ–५ : आशा झा
    • महोत्तरी–१ : प्रमोदकुमार महतो
    • रौतहट–४ : गणेश पौडेल
    • बारा–१ : गणेश धिमाल
  • गण्डकी र लुम्बिनी :
    • चितवन–२ : रवि लामिछाने
    • चितवन–३ : सोविता गौतम
    • तनहुँ–१ : स्वर्णिम वाग्ले
    • कास्की–१ : खड्कराज पौडेल
    • कास्की–२ : उत्तमप्रसाद पौडेल
    • कास्की–३ : बिना गुरुङ
    • स्याङ्जा–१ : धनञ्जय रेग्मी
    • रूपन्देही–२ : सुलभ खरेल
    • रूपन्देही–३ : डा. लेखजंग थापा
    • रूपन्देही–५ : तौफिक अहमद खान
    • पाल्पा–१ : विमल पन्त
  • पश्चिम र सुदूरपश्चिम :
    • बाँके–१ : सुरेशकुमार चौधरी
    • बाँके–३ : खगेन्द्र सुनार
    • दाङ–१ : देवराज पाठक
    • बर्दिया–२ : श्रीधर पोख्रेल
    • कञ्चनपुर–१ : जनक सिंह धामी
    • कञ्चनपुर–२ : दिपकराज बोहरा
    • कञ्चनपुर–३ : ज्ञानेन्द्र सिंह महता
    • धादिङ–१ : आसिका तामाङ
तपाइको प्रतिक्रिया
(Visited 707 times, 1 visits today)

epaper

ताजा समाचार

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय