बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन

काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो ।

चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।

आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर