काठमाडौं । कञ्चनपुर, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपलिका–१० बस्ने ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका–९ बस्ने ४० वर्षीय हिरा नाथलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरेश र हिराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।
यसैगरी म्याग्दीमा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका–७ धारापानी बस्ने ४२ वर्षीय प्रेमबहादुर दमाईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रेमबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)






