डडेल्धुरा । डडेल्धुरा जिल्लामा लकडाउनको समयमा आत्म हत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागी २०७६चैत्र ११ गतेदेखि जेठ १७ गतेसम्मको अवधिमा ५ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को सुरुको महिनादेखि फागुन महिनासम्म पुग्दा ११ जनाले आत्म हत्या गरेका छन् भने लकडाउन भएको करिब २ महिनाको अवधिमा मात्रै ५ जनाले आत्म हत्या गरेका छन् जसमा २ महिला र ३ पुरुष रहेका छन् । गत आर्थिक वर्ष २०७५/७६मा ३१ जनाले आत्म हत्या गरेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा रहेका छ ।
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कम आत्म हत्याका घटनाहरु घटको भए पनि लकडाउनको समयमा भने आत्म हत्याका घटनाहरुमा बृद्धि भएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । उनले भने यो लकडाउनमा अवधिमा आत्म हत्याका घटनाहरु अन्य जिल्लाहरुमा बृद्धि भएको छन आत्म हत्या बढ्नुका पछाडी सामाजिक,परिवारिक र सास्कृतिक कारणहरुका रहेका छन् ।
लकडाउन अवधिमा मानिसहरु घरमै रहने, कामकाज नहुने र विभिन्न मानसिक कुन्ठाहरु उत्पन्न भएर आत्महत्याका घटना बढेको हुनसक्छ । आत्म हत्या गर्नेको उमेरलाई आधार मान्ने हो भने सवै युवा अवस्थाका छन युवा अवस्थाका व्यक्तिहरु बढी समाजिक संजालमा सक्रिय रहने र सामाजिक संजालको दुरुपयोग भएर पनि आत्म हत्याका घटनाहरु बृद्धि भएको हुनसक्ने समेत प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।






